गाला डिनरको आयव्यय सार्वजनिक
विश्व साइकल यात्री एवम् सगरमाथा आरोही पुस्कर शाहको सहयोगार्थ आयोजित गाला डिनरको आयव्यय सार्वजनिक गरिएको छ । साइकल मार्फत विश्व परिक्रमा र सगरमाथा आरोहणका बेला प्रयोग गरिएका महत्वपूर्ण सामाग्री सहित केहि समय पछि काठमाडौँमा सञ्चालन गर्न लागिएको ‘पुस्कर दाईको साइकल क्याफे सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सम्पूर्ण खर्च कटाएर ८ हजार तीन सय ४५ अष्टे«लियन डलर बचत भएको कार्यक्रमका संयोजक एवम् युवा अभियन्ता बद्री बरुवाल क्षत्रीले जानकारी दिए ।
‘ १३ हजार तीन सय ३९ डलर आम्दानी भएको थियो भने विभिन्न शिर्षकमा ४ हजार ४ सय ९ सय ९४ डलर खर्च भएको छ’, उनले भने, ‘बचत भएको रकम ‘दि पुस्कर ट्रष्ट’ मार्फत क्याफे सञ्चालनमा प्रयोग गर्नेछौँ ।’ कार्यक्रममा साइकल यात्री शाहले आफ्नो विश्वयात्राका क्रममा प्रयोग गरिएका साइकल र महत्वपूर्ण उपहार समेत लिलामी गरेका थिए । इन्द्रेणी फंसन सेन्टरले उनको साइकल एकहजार ८५०, सिड्नीका चित्रकारले उपहार दिएका दुई चित्रहरु पनि एक हजार ५०० र ७७० अष्ट्रेलियन डलरमा बिक्री भएको थियो । करिब सयजनाको सहभागिता रहेको कार्यक्रममा एनआरएनए अष्टे«लियाका प्रतिनिधी, सामाजिक व्यक्तित्वहरुको सहभागिता थियो । कार्यक्रममा शाहले आफ्नो विश्व र सगरमाथा आरोहणका क्रममा भोगेका भोगाइहरु राखेका थिए ।
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...