अन्याैल र पीडामा विध्यार्थीहरु : समाधानका लागि सामुहिक प्रयास

अष्ट्रेलियाको राष्ट्रिय आम्दानीको ठूलो हिस्सा बिदेशी विद्यार्थीमा निर्भर रहेको कुरा यहाँका आम्दानी सूचकहरू ले निर्धक्क देखाउने गर्छन् । त्यसैले पनि अष्ट्रेलियाका लागि बिद्यार्थी भनेका ठूलो आम्दानीका श्रोत हुन्, अन्तराष्ट्रिय विद्यार्थीहरू लाई लोभ्याउने, उनीहरू बीच बाटै धेरैभन्दा धेरै अवसर सिर्जना गर्दै दक्ष जनशक्तिलाई यतै बस्नका लागि स्थायी अनुमति दिने यहाँको सरकारी नीति नै हो । जसले गर्दा देशका लागि एकातिर आम्दानीको श्रोतको निरन्तरता र अर्को तिर जनसंख्या बृद्धिमा सहजता त्यो पनि आफूले दक्ष बनाएका जनशक्तिहरू बाट । यसो भन्दै गर्दा विद्यार्थी र दक्ष जनशक्तिलाई भित्राउने अभिप्रायले नै अष्ट्रेलियाले आफ्नो बोर्डर टाइट गरेको छ, शरणार्थीहरू लाई सकेसम्म कम लिने नीति लिएको छ, जल मार्ग हुँदै सीमा प्रबेश गर्नेहरू लाई हतोत्साही गर्दै सिधै डुंगा फर्काउने नीति आपनाएको छ ।
फेरि पनि भनौं अष्ट्रेलिया बिश्व भरका मानिसहरूका लागि आकर्षण देश हो । यहाँको घमाइलो वातावरण, लोभ लाग्दा समुन्द्री तटहरू देखेर कुनै बेला बेलायत, युरोप र अमेरिकाका धेरै पर्यटकहरू यतै बसेका कथाहरू पढ्न पाईन्छ भने कति केहि समय पछि नै स्थायी बसोबास मिलाएर फेरि फर्के । त्यस पछिका समय एसिया र मिडिल ईष्टतिरबाट यहाँ धेरै संख्यामा शरणार्थीको रुपमा आए र यतै बसे, तिनलाई पनि अष्ट्रेलियन सरकारले अपनत्व दियो । लगभग यसैको सेरोफेरो मै या ७० को दशकमा व्हाइट अष्ट्रेलियन पोलिसी अन्त्य संगै अष्ट्रेलिया सबैको लागि खुल्ला बन्यो र देशले नीतिगत रुपमै विद्यार्थीहरू लाई स्वागत गर्ने, दक्ष जनशक्तिहरू लाई स्किल्ल्ड माइग्रेन्टको रुपमा अष्ट्रेलियाका लागि बसोबासको लागि अनुमति दिने नीति अबलम्बन गरेको देखिन्छ ।
अष्ट्रेलिया आगमनमा नेपालीहरूलाई दिइएको सहुलियत र सहजता
बिश्वभरका लागि अष्ट्रेलिया आकर्षण गतब्य हुँदा हुँदै पनि आहिले नेपाल जस्तो सानो देशबाट आएका विद्यार्थीहरूको संख्या चौथो स्थानमा पर्नु आफैमा महत्वको बिषय हो । यसको लागि हामी नेपालीहरू आर्थिक रुपमा सक्षम या त्यहाँबाट प्रसस्त पैसा बोकेर आउँछन् भन्ने भन्दा पनि हामी सबैले बनाएको इमान्दारिता र परिश्रमीको परिचयले निक्कै काम गरेको देखिन्छ । होइन भने आर्थिक रुपबाट सबल र प्रतिव्यक्ति आय धेरै माथि भएका मुलुकभन्दा नेपालको भिसा लेबल माथि छ जसले गर्दा विद्यार्थीहरू लाई भिसा लिन पनि सहज बनेका कारणले निम्न मध्यम परिबारका समेत ठूलो संख्यामा नेपाली विद्यार्थीहरू अष्ट्रेलिया आइ पुगेका छन् ।
यसलाई अष्ट्रेलियाले नेपाल र नेपालीप्रति लिएको सहज रणनीति या सहुलियत भन्दा हुने देखिन्छ । यो सहजता विद्यार्थी भिसामा आउनेको हकमा मात्र छैन कुनै बेला आफ्ना आमा–बुवालाई पढाइ सकिए पछिको दीक्षान्त या त्यस्तै खुसीको अवसरमा सहभागी गराउन समेत भिषा पाउन मुस्किल हुने अष्ट्रेलियामा आहिले पर्यटक भिषा जुन उमेरका नातेदारलाई पनि सहजै दिएको छ । यसले पनि प्रष्ट हुन्छ अष्ट्रेलियन सरकारले हाम्रो प्रति व्यक्ति आय बढेर हाम्रो देशको अवस्था सुध्रिएर भन्दा पनि रणनीतिक रुपमै हाम्रा व्यबहारलाई आंकलन गर्दै अन्य देशका भन्दा नेपालीमुलका आप्रबासीहरू नै बढुन भनेर यो सहज नीति लिएको देखिन्छ । तर बिडम्बना यो सहजतालाई जिम्मेवारी बोध गर्नु पर्ने निकाय र स्वयं व्यक्ति बिशेषले नै यसमा चरम लापरबाही गरेको सुनिदैछ । तिनै एक पछि अर्को लापरबाहीका परिणामहरू जोडिदै आजको यो बिकराल रुपको समस्याको पहाड हाम्रो अगाडि छ ।
अहिले भएका कलेज बन्दको भित्रि पाटो
अष्ट्रेलिया आउने विद्यार्थीहरू प्रायः दुई तहका कोर्षहरू पढ्न आउछन् । व्यबसायिक कोर्ष अर्थात भोकेसनल कोर्ष जसलाई Australian Skills Quality Authority (ASQA) ले मोनिटर गर्छ भने अर्को उच्च शिक्षा अर्थात हाइयर एजुकेसन जसलाई Tertiary Education Quality and Standards Agency (TEQSA) मोनिटर गर्छ । यी दुई तहमा दर्ता भइ बिदेशी विद्यार्थी पढाउन समेत अनुमति पाएका शैक्षिक संस्थाहरूले आफ्ना कलेज वा युनिभर्सिटीमा एकभन्दा बढी बिषयहरू पढाउछन् । कुरा यहि सकिदैन यसरि पढेका विद्यार्थीहरू कि त फेरि उच्च शिक्षाका लागि माथिल्लो तहको पढाइलाई निरन्तरता दिन्छन् या त्यो योग्यताको आधारमा जागिर खोज्छन या व्यवसाय गर्छन् । यी दुवै बेला विद्यार्थीले पाएको योग्यता अष्ट्रेलियामा दर्ता भएका शैक्षिक संस्थाबाट प्राप्त गरेकै त हो नि भनेर मात्रै सिधै जागिर या व्यवसायमा हात हाल्न नमिल्न पनि सक्छ । किनकि यसरी अध्ययन सके पछि सबन्धित बिषय र कार्य क्षेत्रमा आफ्नो प्रमाण पत्र बुझाएर रजिट्रेसन लिनु पर्ने हुन्छ । चलन चल्तीको भाषामा भन्दा पढाइ सकियो अब काम गर्नका लागि अनुमति सहित दर्ता हुनु पर्ने हुन्छ । यसका लागि आइटि, एकाउण्टिङ्ग, इन्जिनीरिंग पढ्नेहरू सबैको लागि छुट्टै छुट्टै संस्थाहरू छन्, यस मध्ये मेडिकल क्षेत्रमा कार्यरत व्यक्तिहरू जस्तै डाक्टर, नर्श, डेण्टिस्ट, फार्मेसस्ट लगायतका पेशाको नियमाङ्कन गर्ने निकाय हो Australian Health Practitioner Regulation Agency (AHPRA) . नर्सिङ्ग या मिड्वाइफहरू को हकमा AHPRA लेAustralian Nursing and Midwifery Accreditation Council (ANMAC) ले गरेको कोर्ष मूल्यांकन या ANMAC ले मान्यता दिएका बिषयगत क्षेत्रहरूको आधारमा रजिष्ट्रेसन दिन्छ । अनि बल्ल उनीहरू इनरोल या रजिटार्ड नर्सको रुपमा काम गर्न पाउछन् । अर्को तिर उच्च शिक्षा या अन्य बिषय पढ्दा अघिल्लो डिग्रीका आधारमा भर्ना दिने मात्र होइन केहि बिषयहरू पहिला पढेका बिषयका आधारमा न पढ्दा पनि हुने र ती बाहेकका बिषयहरू मात्र पढे हुने गर्दछ ।
आहिले बन्द भएर हजारौ विद्यार्थी अलपत्र परेको मुख्य कुरा पनि यहि हो । ASQA मा रजिस्टर्ड पनि छ, बिदेशी विद्यार्थीहरू लाई पढाउने अनुमति पनि छ । जुन आधार मै टेकर कलेजले भर्ना खुल्ला गर्यो, शैक्षिक परामर्श दाताले आकर्षण शुल्कको आधारमा आफ्नो कमिसन आउने भएका कारण सोहि कलेज मै विद्यार्थी भर्ना गरे । ANMAC बाट अनुमति लिने प्रक्रियामा छौं, भए पछि माथिल्लो तह को पढाइ या AHPRA मा रजिस्टर्ड भएर काम गर्ने लाइसेन्स पनि पाईन्छ भनेर कलेजले कुरो घुमाउदै सत्य कुरा बताए जस्तो गरेर आफ्नो यो व्यापार हो भन्ने सन्देश दिन खोज्यो । त्यसलाई हाम्रा नेपाली मुलका शैक्षिक परामर्श दाताहरू ले आफ्नै किसिमले पुनः ब्याख्या गरे विद्यार्थीको भबिष्यभन्दा पनि आफ्नो व्यपार पनि नखस्कियोस भन्नेमा उनीहरूको बढी आशक्ति रह्यो र परिणाम हाम्रो अगाडि छ । जसले प्रत्यक्ष अप्रत्यक्ष हामी सबैलाई असर गरेको छ, यो पेशा व्यवसाय संग कहिल्यै कुनै नाता न भएकाहरू लाई पनि ती पिडित विद्यार्थीहरू का कारण छोएको छ ।
अहिले बन्द भएको कलेज एआइबिआइटिको मुख्य पाटो पनि यहि हो, नर्सिङ्ग पढाउने कलेजले अहिलेसम्म ब्ल्ःब्ऋ संग सम्बन्धन लिएको छैन । जसले गर्दा न उच्च शिक्षा पढ्नेहरू को लागि बाटो खुल्यो, न डिप्लोमा वा एडभान्स डिप्लोमा पढेकाहरू को लागि इनरोल नर्स बनेर रजिस्ट्रेसन बन्ने नै ।
दोषी को त ?
कलेज बन्दको यो पहिलो घटना होइन यस अगाडि पनि धेरै कलेजहरू बन्द भए तर कारण भिन्न थियो र पिडित नेपाली विद्यार्थीको संख्या पनि निक्कै कम थियो । यो बाहेक आहिलेको सामाजिक सञ्जालको ट्रेन्डमा पनि यो छताछुल्ल भयो । त्यो भन्दा पनि नेपालमा अत्याधिक हेरिने कार्यक्रम सिधा कुरा जनता संगमा पिडित विद्यार्थीको ठूलो समुह आफै आफ्नो कुरा पुर्याए । जसले गर्दा सबैको ध्यान एकै चोटी खिच्यो । एआइबिटि बाहेक संगसंगै मेलबर्नमा रहेको ईटीइए कलेज र फेरि सिड्नी कै अर्को कलेज यति बेला संग संगै बन्द भएको या उस्तै समस्याको बीच रहेको चर्चा बाहिर आएको छ । त्यै पनि धेरै चर्चा र चासोको बिषय एआइबिटिको हुदैछ, हुन पनि एआइबिटिको समस्या समाधान भयो भने त्यसैको जगमा टेकेर भबिष्यमा अन्य पिडित विद्यार्थीहरूका लागि समस्या समाधान गर्न सजिलो हुनेछ ।
यी कलेजहरूका कारण औपचारिक रुपमा ठ्याक्कै कति जना विद्यार्थी पिडित बने भन्ने रेकर्ड नआइसकेको भए पनि यसले निक्कै ठूलो संख्यामा विद्यार्थीहरू लाई असर गरेको देखिन्छ । त्यसैले पनि उच्च शिक्षाको सपना बोकेर बाबु–आमाको काख छोडेर अष्ट्रेलिया आएका सबैलाई सान्त्वना दिने र उनीहरू लाई अभिभाबकत्व दिनु यति बेला सबैको कर्तब्य हो । त्यसैले पनि एकले अर्कोलाई हिलो छ्याप्ने या को दोषी भनेर एकले अर्कोलाई औलो उठाउने बेला यो हुँदै होइन । यसो भनेर समस्यालाई जसरी पनि किनारा लगाउनु छ, समाधान त जसरी पनि खोज्नु छ तर भविष्यमा पर्न सक्ने यस्ता जुन सुकै समस्यामा चनाखो हुन हिजोका दोषीहरू लाई कारबाही र अब हुन सक्ने यस्ता गल्तिहरूमा सजगता अप्नाउनु जरुरी देखिन्छ ।
हाम्रो चलन चल्तीको उखान ‘बुढी मरी भन्ने भन्दा पनि काल पल्कियो भन्ने डर’ भने जस्तै यस्तो घटना फेरि कहिल्यै नघटोस् । यसमा एक विद्यार्थीको मात्र होइन उक्त विद्यार्थीलाई उसको उच्च शिक्षाको सपना पूरा गर्ने धेरैको सपनाहरू यहाँ संगै टुक्रिएको हुन्छ । अहिलेको यो कलेज बन्दको घटनालाई सरसरर्ती हेर्दा अष्ट्रेलिया सरकार या भनु विद्यार्थी भिषाको अनुमति दिने निकाय Department of Home Affairs को ठूलै गल्ति देखिन्छ । विद्यार्थी भिसा इसु गर्नु भन्दा अगाडि धेरै कुराहरू चेक जाँंच गर्ने यो निकायले कम्तिमा विद्यार्थी पढ्न जान खोजेको कोर्ष पढी सकेपछि सम्बन्धित निकायमा दर्ता छ कि छैनसम्म पनि नबुझी या बुझ्न नचाही भिषा इसु गर्नु ठूलो कमजोरी देखिन्छ । अर्को तर्फ नेपालमा विद्यार्थी परामर्श दाता या चलन चल्तीको भाषामा कन्सल्टेन्सीको संख्या यति धेरै छ कि यो आँफैमा त्यहाँ धेरैका लागि रोजी रोटि कै बिषय बनेको छ । यस्तो ठूलो क्षेत्रलाई नेपाल सरकारले नियमन गर्दै उनीहरूलाई करको दयारामा ल्याउदा देश कै ठूलो आम्दानी हुनेछ भने उनीहरूले गरेका कामलाई पनि राम्रो संग हेरेर उनीहरू माथि विद्यार्थीलाई गुणस्तरिय सेवा दिए नदिएको हेर्नु पर्ने जरुरि देखिन्छ । साधारण उदाहरण लिदा नेपाल सरकार अन्तर्गत शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिने चलन अझै छ । त्यो निकायले कम्तिमा पनि विद्यार्थी अध्ययन गर्न लागेको शैक्षिक संस्थाको बारेमा सामान्य जाचँ बुझ गरेर मात्र अनुमति दिए यो र यस्ता समस्या धेरै कम हुने थियो ।
विद्यार्थी र तिनका अभिभाबकका लागि अर्को ठूलो बिश्वासका पात्र हुन शैक्षिक परामर्श दाताहरू । यहि घटना बाहिर आउने क्रममा एक जना विद्यार्थी नानीले भने जस्तै शैक्षिक परामर्श दाताहरू लाई सबै भन्दा धेरै बिश्वास गरेर विद्यार्थीहरूले आफ्नो भबिष्य सुम्पेका हुन्छन् । उनीहरू ले बुझेका छन्, नेपाली नै हुन् पक्कै सहि सल्लाह दिन्छन् भन्नेमा धेरैको भरोशा हुन्छ । यहाँ निर धेरै राम्रा हुदाँ हुदै पनि केहि शैक्षिक परामर्श दाताहरू बाट क्षणिक फाइदाका लागि केहि दुःखद व्यवहारहरू पक्कै भएका छन् । यस्तो नहोस यस्तो नगर्नुस नेपाली भएर नेपालीलाई यस्तो गर्ने भन्ने एउटा कुरा त चाडै छ । तर संधै यसो भनेर हुदैन यस्ता शैक्षिक परामर्श दाताहरू लाई पनि त कानुनी दायारामा ल्याउन सक्नु पर्छ र क्षति पूर्ति सहितको उचित कारबाही हुनैं पर्छ । यसका लागि नेपालबाट संचालितहरू उतैको कानुन अनुसार र यहाँ संचालितहरू लाई यतैको कुनै निकायमा यस्ता गुनासाहरू को बारेमा रिपोर्ट गर्न र आफूलाई परेको मर्काका बारेमा बताउने र उचित कारबाहीका लागि सुनुवाई हुने ठाउँ हुनु पर्यो त्यहाँबाट आबश्यक पर्दा कारबाही हुनु पर्यो ।
अन्तिम अनि खुद आफै र सबैभन्दा पिडित विद्यार्थीहरू को पनि यस सबालमा कम गल्ति छ जस्तो देखिदैन । भर्खरै आफ्नो भविष्य कोर्ने दिशामा रहेकाहरू नै आफ्नो लक्ष्य उद्देश्य र चाहेको बिषय छोडेर अष्ट्रेलिया छिर्नका लागि अष्ट्रेलिया पुग्न कै लागि भनेर जुनसुकै बिषयमा कन्सेल्टेन्सीले भनेकै भरमा पढ्नको लागि तयारी हुनु एक दम दुःखद पक्ष छ । आहिलेको घटना हेर्दा पनि हात हातमा इन्टरनेट भएको यो पुस्ताले हामीलाई सबै कुरा भनेनन्, जानकारीहरू लुकाए भनेर भन्दा केहि हदसम्म नसुहाउँदो देखिन्छ किनकि सबै भन्दा सजग हुनु पर्ने खुद उनीहरू नै हो । आफूले नै सकेसम्म, जानेसम्म जति बुझ्ने, त्यस पछि दोश्रो कुनै कन्सेल्टेन्सीसम्म पुगेर दोश्रो अबधारणा लिने, अहिले लगभग सबै जनाको कोहि कोहि चिन जानको व्यक्ति यता भएका कारण पनि आफन्तहरू संग पनि थप सुझबुझ सहित आउनु पर्ने देखिन्छ ।
समस्या समाधानमा सबैको ऐक्यबद्दता
माथि भनिए जस्तै बिगतमा पनि धेरै पटक कलेजहरू बन्द भएका अष्ट्रेलियाबासी नेपालीहरू को अनुभबहरू छन् तर पनि यस पटकको कलेज बन्द संगै र अध्ययनरत विद्यार्थीहरू गलत जानकारीका कारण अन्यौल परेका खबर संगै नेपाल सरकार, अष्ट्रेलियास्थित नेपाली दूताबास, महाबाणिज्यदूतको कार्यलय, एनआरएनए लगाएतका संघ संस्था यस समस्या समाधानका लागि ऐक्यबद्द देखिन्छन् । त्यो भन्दा पनि अन्तराष्ट्रिय विद्यार्थीहरू को संस्था सिसाले पनि यसमा निक्कै तदारुपकताका साथ समस्या समाधानका लागि आफू कटिबद्द रहेको जनाउ दिदै पिडित विद्यार्थी र अष्ट्रेलियाको ट्युसन प्रोटेक्सन स्किमका पदाधिकारीका बीच बृहत अन्तरक्रिया कार्यक्रम नै गरेको छ । यति बेला यस संस्थाको अध्यक्ष नै नेपाली मूलका विद्यार्थी विजय सापकोटा नै हुनुले पनि धेरै हदसम्म नेपाली विद्यार्थीहरू लाई छिटो र छरितो सहयोग पुगेको छ । यस बाहेक एनएस डब्लु महाबाणिज्यदूतको कार्यलयको सक्रियतामा र एनआरएनए अष्ट्रेलियाले समेत सम्बन्धित सबै संग बसेर छुट्टा छुट्टै छलफल अन्तरक्रिया गरि सकेको छ ।
उता नेपाल सरकारले पनि यस घटनालाई गम्भीरताका साथ लिदै छानबिन आयोग गठन गरेको छ, सार्बजनिक सूचना जारी गर्दै सबै कन्सल्टेन्सीहरू लाई आफूले पठाएका विद्यार्थीहरू को विवरण तत्कालै पठाउन भनेको छ । यता अष्ट्रेलियामा रहेको नेपाली दूताबासले पनि यहाँको सरकारी निकाय संग कुटनीतिक तबरले नै पहल गरिरहेको कार्यबाहक राजदूत द्रौपदा सापकोटाले बताएकी छन् । सिसाका अध्यक्ष बिजय सापकोटाका अनुसार यति बेलाको स्थिति भनेको ‘वेट एंड सी’ को हो । कलेजको दर्ता खारेजी भएको छ र कलेज संग यसका बिरुद्दमा अपिल गर्न २८ दिनको समय छ, सो समय भित्र उसले अपिल गरेन भने या गरे पनि कलेज खारेजीको फैसला सदर भएको खण्डमा यहाँ रहेको ट्युसन प्रोटेक्सन सेन्टर एक्टिभ हुन्छ जसले विद्यार्थीहरू लाई ट्युसन फि को व्यवस्था गर्छ र विद्यार्थीहरू अर्को संस्थामा पुनः भर्ना भएर पढ्न सक्नेछन । तर यदि कलेजले खारेजी बिरुद्द अपिल गर्यो र उक्त अपिल सदर भएमा भने विद्यार्थीको भबिष्य के हुने भन्ने अन्योल कायमै छ । त्यति बेला यहि कलेजले भने जस्तो उसले सम्बन्धित निकायबाट अनुमति लिएर पुनः विद्यार्थीलाई नियम संगत ढंगले पढाउन सक्ला या नसक्ला वा अर्को कलेजमा स्थानान्तरण हुन चाहनेहरू लाई कसरि व्यवस्थापन गर्ला यी कुराहरू केहि अस्पष्ट देखिए पनि विद्यार्थीहरू एकदमै आत्तिनु पर्ने अवस्था भने छैन । किनकि उनीहरूका लागि माथि भानिएका जस्ता सबै निकायहरू ले सक्दो सहयोगका लागि ऐक्यबद्दता जनाएका छन् ।
अन्त्यमा, कुनै न कुनै रुपबाट यी पिडित विद्यार्थीहरू को उद्दार हुने नै छ । त्यसो भन्दै गर्दा यी विद्यार्थीहरू मा पर्न गएको मानसिक असर, पढेको समयको बर्बादी, तिनका परिवारले यस समयमा पाएको मानसिक तनाबको कुनै पनि हिसाब किताब र क्षतिपूर्ति हुने छैन । अर्को तिरबाट हेर्दा यसले सबैलाई एउटा ठूलो पाठ पनि सिकाएको छ । सबै भन्दा ठूलो पाठ विद्यार्थी र तिनका अभिभाबकलाई सिकाएको छ, सम्बन्धित सबै निकायलाई घच–घचाएको छ । पक्कै पनि यो सबैको लागि भविष्यमा ठूलो पाठ हुनेछ । यस्ता गल्तिहरू कतैबाट हुने छैनन् । अष्ट्रेलियन सरकारले बिदेशी विद्यार्थीहरू लाई चर्को शुल्क तिरेर पढ्न भित्र्याउँदै गर्दा उनीहरूको भबिष्यसंग जोडिएका यस्ता कुराहरू मा ख्याल गरोस्, नेपाल सरकारले आफ्ना देशका विद्यार्थीहरू लाई विदेश पढ्न अनुमति दिदै गर्दा कम्तिमा पनि विद्यार्थी गएको कलेजले त्यहाँ नियमसंगत रुपमा संचालन छन् कि छैनन् बुझेर मात्र अनुमति दियोस् र कन्सल्टेन्सीहरू ले पनि व्यापार कै लागि र आफूलाई क्षणिक फाइदाका लागि विद्यार्थीको भबिष्य माथि खेलबाड नगरुन् । किनकि राम्रै गर्दा पनि कमाउन सकिन्छ भन्ने उदाहरण हाम्रै समुदाय भित्रै देखिएका कन्सल्टेन्सीहरू ले देखाएका छन् । यस्तो बेलामा विपदमा परेका विद्यार्थीहरू बापत आफूले पाएको कमिसन जति सकिन्छ सम्बन्धित विद्यार्थीहरू लाई फर्काउन सक्ने हिम्मत र फराकिलो छाती विद्यार्थी परामर्श दाताहरूले देखाउन सकुन् । फेरि पनि विद्यार्थी भाइ बैनीहरूको गन्तब्य लामो छ, यस्ता साना तिना समस्याबाट नआत्तिने बरु अवसर ठानेर ठूलो पाठ सिक्नुहोस । आफ्नो लक्ष्यबाट नडगमगाउनुस, तापाई एक्लै हनुहुन्न सत्कर्ममा लाग्नेहरूलाई सबैले आशिष दिइरहेका हुन्छन्, प्रत्यक्ष अप्रत्यक्ष सबैले सहयोग गरिरहेका हुन्छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...