नेपाल पोलिसी  ईन्स्टिच्युटले सुझाब पत्र बुझायो 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५
विदेशमा रहेर बिभिन्न क्षेत्रमा दक्षता हाँसिल गरेका नेपालीहरु लाई देशको बृहत्तर बिकाशमा उनीहरुको भूमिकालाई संस्थागत गर्न अक्टोबर २०१७ मा स्थापित नेपाल पोलिसी ईन्स्टिच्युट ( Nepal Policy Institute) अर्थात NPI  ले  नेपाल राजदुतबास क्यानबेरामा सुझाब पत्र बुझाएको छ । गत ८ मार्चका दिन एनआरएनए अष्ट्रेलिया एसिटि राज्य समितिको आयोजनामा नेपाल दुताबासमा उक्त सुझाब पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।
अक्टोबर १२ देखि १४, २०१८ मा NPI को नेपालमा सम्पन्न बिज्ञ सम्मेलनले मुलुकको विकास नीति निर्माण र तिनका कार्यान्वयनका लागि विस्तृत खाका सहितको प्रस्तावना माथि छलफल गरेको थियो। सोही सम्मेलनमा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञावालीले नेपाल सरकारको तर्फबाट राष्ट्रिय योजना आयोगलाई गैर आवासीय नेपाली संघको नेपाल पोलिसी ईन्स्टिच्युट सँग समन्वय गरी सल्लाह सुझाब बिकास निती निर्माणमा अघी बढ्नअनुरोध गर्नु भए बमोजिम NPI ले बिज्ञहरु संगको धेरै पटकको सल्लाह सुझाब र अनुभबका आधारमा Foreign Investment & Technology Transfer Bill 2019 का लागि यो सुझाब पत्र तयार गरिएको NPI का तर्फ बाट डा. सिताराम घिमिरेले बताए।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष राजन ढुंगेलको छोटो स्वागत मन्तब्य सहित सुरु भएको उक्त कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका सल्लाहाकार एबं NPI का कार्यकारी सदस्य डा. सिताराम घिमिरेले तयार परिएको सुझाब पत्रका बारेमा छोटो मन्तब्य राख्दै सबैलाई धन्यवाद दिएका थिए । मन्तब्यका क्रममा डा. घिमिरेले  सुझाब पत्र बिश्वभरि रहेका बिज्ञहरु ले लामो समय लगाएर अध्यान र अनुसन्धान पश्चात यो स्वरुपमा आएको बताए। नेपाल पोलिसी ईन्स्टिच्युटको केद्रीय सभापति प्राज्ञ खगेन्द्र ढकाल हुनुहन्छ । ढकाल हाल बैंककमा बस्दै आउनु भएको छ भने, ढकालको नेतृत्वमा यो कार्यपत्र तयारीको नेतृत्व जेनेभामा रहनु भएका बिज्ञ केदार न्यौपानेले गर्नु भएको थियो ।  न्यौपाने Foreign Direct Investment policies of ASEAN मा बिज्ञता राख्नु हुन्छ। यसरि मेहनत साथ तयार पारिएका सुझाबहरु नेपाल सरकारले अक्षरस पालना गर्ने पनि सबैको अपेक्षा रहेको डा घिमिरेले बताए।
यसै गरि कार्यक्रमलाई अष्ट्रेलियाको नेपाली समुदायमा परिचित समाजसेवी एबं अर्थशास्त्री डा. प्रेम जंग थापाले  पनि यी सुझाबहरु लाई नेसनल प्लानिङ्ग कमिसनले सुक्ष्म अध्यान गरि नेपाली सरकारलाई कार्यन्वयनका लागि सिफारिश गर्न पनि आग्रह गरे । यसरि नै ओएनएफ अष्ट्रेलियाका उपाध्यक्ष राम रानाभाट, सामाजिक व्यक्तित्व सन्तोष मल्ल, युबा ब्यबसायी संजय घिमिरेले NPI ले तयार गरेको सुझाब पत्रको प्रसंसा गरेका थिए।
सोहि अवसरमा ओसियाना क्षेत्रको प्रतिनिधित्व गर्दै NPI का कार्यकारी सदस्य डा. सिताराम घिमिरेले उक्त १७ पेजको सिफारिस सहितको सुझाब पत्र अष्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदुत द्रौपदा सापकोटालाई हस्तान्तरण गरेका थिए । सुझाब पत्र सहितको दस्ताबेज बुझे पछि कार्यबाहक राजदुत सापकोटाले ठुलो मेहनतका साथ दस्ताबेज तयार पर्ने सबैलाई धन्यवाद दिद्दै आफुले तत्कालै उक्त दस्ताबेज नेपाल सरकारलाई पठाउने बताईन । स्मरण रहोस आहिले नेपालमा चलिरहेको प्रतिनिधि सभाको बैठकमा सोहि बिषय बस्तु माथिको बहस चलिरहेको छ, जसले गर्दा उक्त सुझाब पत्रको झन् महत्व हुने सबैको बिश्वास छ।