सानु घिमिरेको ‘सिड्नी सपना’ यहि हप्ता सार्बजनिक हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६
सिड्नीलाई कर्मथलो राजेर साहित्य सृजनामा पनि उत्तिकै सक्रिय सानु घिमिरेको दोश्रो कृति ‘सिड्नी सपना’  २७ मे आउदो शनिबार ( बैसाख १४ गते ) नेपाल बाट सार्बजनिक हुदैछ । यस अगाडी “ग्रहण” कविता संग्रह प्रकाशित गरिसकेकी सानु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुको महासचिव,उपाध्यक्ष तथा अध्यक्ष हुंदै हाल केन्द्रिय सदस्य छन्।
डायस्पोरामा हुने जुन सुकै साहित्यक कार्यक्रममा सधै अग्र स्थानमा देखिने सानुका भिन्न/भिन्न विधा र स्वादका मिठा कबिताहरु बाट परिचित डायस्पोराका पाठक र श्रोताहरु लाई उनको यो फरक विधाका कृतिले पक्कै पनि फरक स्वाद र आत्मियता दिनेछ ।  सिड्नीमा रहेका तमाम पाठकहरु लाई त झन् यो आफ्नै कथा र सपना लाग्ने कुरामा आफु बिश्वस्त रहेको पनि द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा बताइन्।
 
लेखिका सानुका अनुसार आफैले भोगेका देखेका सपना जस्ता लाग्ने बिपना र सपना पनि नहोस भन्ने बिपनाहरु लाई “सिड्नी सपना” मा उनले पुस्तकाकार गरेकी छन् ।  २०११ बाटै केहि हरफहरु, केहि पानाहरु अनि केहि च्याप्टरहरु लेखिदै थन्किदै गरेको सिड्नी सपना २०१८ तिर आइपुग्दा बल्ल पुस्तकको रुपमा निकाल्ने लेखिकालाई अठोट आयो । नभनिएका कथा जस्ता लाग्ने, प्रबासी त्यसमा पनि बिधार्थीको रुपमा अष्ट्रेलिया आउने नेपाली युवा युवतीका थुप्रै खुसि, दुख, ईच्छा चाहाना देखि अस्ट्रेलिया छिर्नका लागि मात्र गरिएको नक्कली बिबाहका कागजातले दिने सक्कली तनाब, कता हो कता अनकन्टार फर्म सम्म पुगेर सपना सजाउने चाहना यिनै कथा जस्तै लाग्ने बास्तबिकताका अक्षरहरु जुट्दै यो पुस्तक जन्मिएको सानुले बताइन । नेपालमा पुस्तक बिमोचन पश्चात समय मिलाएर छिट्टै अष्ट्रेलियाका पाठकहरु बिच पनि एक अन्तरक्रिया सहित पुस्तक परिचय कार्यक्रम राखिने पनि लेखिका घिमिरेले जनाइन।