अष्ट्रेलियामा रहेका ठकुरीहरु एकिकृत 

धिरोज मल्लको संयोजकत्वमा ठकुरी समाज अष्ट्रेलिया गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख २६, २०७६
अष्ट्रेलियामा रहेर ब्यबसाय, अध्यान, रोजगारी लगयात बिभिन्न पेशामा रहेका ठकुरिहरु बिच आपसी भाइचारा, दुख-सुखमा सहयोगी हात, समुदाय र देशका लागि बिबिध परोपकारी कार्यमा जोडिने उदेश्य सहित ठकुरी समाज अष्ट्रेलिया गठन भएको छ । हालै सिड्नीमा भएको ठकुरी परिवारहरु बीचको एक भेलाले औपचारीक रुपमा समाज गठन गरेको हो ।
सिड्नीमा लामो समय देखि बस्दै, बिबिध सामाजिक, परोपकारी एबं खेलकुद क्षेत्रमा सक्रिय धिरोज मल्लको संयोजकत्वमा गठित समाजका अन्य पदाधिकारीहरु मा महासचिब – निमित चन्द, सचिब- सुरेश मल्ल, सदस्यहरुमा- भुपेन्द्र सिंह, सन्तोष मल्ल, अंकिता शाह, कृष्ण मल्ल, राजकुमार शाही, बिजन मल्ल, सम्बृद्धी शाह र बिजय मल्ल रहेका छन् । भेलाले  समाजको संरक्षकहरुमा डा. कृष्ण हमाल र बिष्णु हमाल त्यसै गरि सल्लाहकारहरु मा स्वतन्त्र प्रताप शाह र प्रेम शाहलाई चयन गरेको छ ।  संस्थाको संयोजकको जिम्मेवारी लिए संग धिरोज मल्लले अष्ट्रेलियामा रहेको नेपाली समुदायका संघ संस्थाहरु संग हातेमालो गर्दै आफुहरु पनि सामाजिक र परोपकारी कार्यहरु को हिस्सा बन्ने द नेपाली टाईम्स संगको कुराकानीमा बताए।