नेपाललाई २ सय ४० को लक्ष्य

-- / प्रकाशित मिति : सोमवार, बैशाख ६, २०७३

Cricket_1

काठमाडौं— विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले जारी खेलमा नामिबियाले नेपाललाई जितका लागि २ सय ४० रनको लक्ष्य दिएको छ । नामिबियाले ५० ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ३९ रन बनाएको हो । भरखरै सम्पन्न पहिलो ईनिङको अन्तिम १० ओभरमा नामिबियाका ब्याट्सम्यान चम्किएपछि नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो । नेपालको तर्फबाट शक्ति गौचन, बसन्त रेग्मी तथा सन्दिप लामिछानेले २–२ विकेट लिएका छन् । नामिबियाका ३ जना ब्याट्सम्यान रन आउट भएका छन् । करिव आधा घण्टापछि नेपालको ब्याटिङ प्रारम्भ हुनेछ । नेपाल तथा नामिबियाको खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान परिसरमा हजारौं समर्थक भेला भएका छन् ।