एकता पछि नेपाली समाज अष्ट्रेलिया गठन 

अध्यक्षमा गणेश तमाङ्ग 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज ६, २०७६

नेपालमा हालै नया शक्ति पार्टि नेपाल र सङ्घिय समाजबादी फोरम बिचको एकता पछि बनेको समाजवादी पार्टि नेपालका प्रबास स्थित समर्थक र शुभेच्छुक बिच पनि प्रबास स्थित भातृ संस्थाहरु समायोजन हुने प्रकृयामा हालै अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलिया र सङ्घीय समाज अष्ट्रेलिया बिच एकता भई नेपाली समाज अष्ट्रेलिया गठन भएको छ ।
नवगठित  नेपाली समाज अष्ट्रेलियाले अध्यक्षको जिम्मेवारीमा सर्बसम्मत  गणेश तमाङ्गलाई चयन गरेको छ । यसरि नै समाजको उपाध्यक्षमा सुमन खरेल, उपेन्द्र श्रेष्ठ, वीरबहादुर राई, शोभा श्रेष्ठ रहेका छन् भने महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेतलाई जिम्मेवारी दिइएको छ । समाजले प्रवक्ताको जिम्मेवारीमा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेककुमार झालाई चयन गरेको छ ।
यसरि नै नयाँ कार्यसमितिको युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजता पाण्डे गौतम, विद्यार्थी संयोजकमा भूमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यु साउथवेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्व मोक्तान, क्विसन्सल्याण्ड संयोजकमा अमित शर्मा तास्मनिया संयोजकमा सुरज श्रेष्ठ, वेस्टर्न अष्ट्रेलियाया संयोजकमा सिताराम पन्त चयन भएका छन्। समाजका सल्लाहकारमा सुन्दोर्जे तामाङ, अरुणकुमार तामाङ, कमला पोखरेल, पुरन सायमी तथा संरक्षक समितिमा विनोद पौडेल, सुवान चौलागाई, समिम अनवर, चित्र तुम्बाहम्बे, घनेन्द्र पियाक र तीर्थराज कार्कीलाई मनोनयन गरिएको छ ।
एकता घोषणा कार्यक्रमलाई नेपालबाट स्काइप मार्फत डा. बाबुराम भट्टराई सम्बोधन गर्नुभएको थियो भने अस्ट्रेलिया स्थित जनसम्पर्क समितिका कावा अध्यक्ष छिरिङ्ग लामा, जनप्रगतिशिल समाजका उपाध्यक्ष रामजि बस्नेत, सुदुर पश्चिम समाजका अध्यक्ष केशब जोशि,  पोखरा समाजका राजकुमार अधिकारी, नेप्लिज अबर्न कमिटिका अध्यक्ष अशोक उप्रेति, एनआरएनएका पुर्ब ओशेनिया संयोजक महेन्द्र लम्साल लगायतका समुदायका अगुवाहरु ले  शुभकामना मन्तब्य राख्नुभएको थियो । यसैगरि नवनिर्बाचित कार्यसमितिलाई नेपाल बाटै  डा. बाबुराम भट्टराईले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो।