साताको साहित्य पुरस्कार कवियत्री सीता तुम्खेवालाई 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, पुस १, २०७६
‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनिय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले बर्ष भरि  आफ्नो वेभसाइटमा प्रकाशित रचनाहरु मध्ये उत्कृष्ट रचनालाई पुरस्कृत गर्दै आइरहेको छ।  सोहि अनुसार यस बर्ष गत अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशित भएका रचनाहरू मध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा यस पटक कवियत्री सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’ लाई  यस बर्षको साताको साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।  साताको साहित्य डटका सम्पादक निष्प्रभ सजीले एक प्रेश बिज्ञप्ति जारि गरि उक्त कुराको जानकारी गराउनु भएको छ। सजीका अनुसार बर्ष भरि प्रकाशित तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए। जसमा अन्य दुई उत्कृष्ट रचनाहरु गीता पुडासैनीको कविता ‘बाल-विधवा’ र रुपक वनवासीको गजल छानिएका थिए । तत्पश्चात्, निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी)ले बहुमतका आधारमा ‘वीर्यको बतास’ कवितालाई चयन गरेका हुन् ।
लेखिकाले काठमण्डौमा एक समारोह बीच केही साता पछि पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नुहुने छ । साताको साहित्य पुरस्कारको थालनी आठ बर्ष अघि देखि गरिएको हो । यस अघि नवीन प्यासी, पोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भएका थिए ।