लघु कथा : कंगारूको नेपाल यात्रा !

-- उत्तम विचार / प्रकाशित मिति : मङ्लबार, पुस २२, २०७६
आजको ट्रेन्डनै भन्नुपर्छ नेपाली युवाबर्ग बिदेशीन आँतुरछन् ! देशमा कलकारखाना ठप्प प्रय: छ ! किसान उखुको मूल्य नपाएर सरकारको मुख ताक्न बाध्यछन् ! सरकार भने ब्यापारी खुसी पार्न तल्लिन भेटिन्छ ! पढेलेखेका जवान छोराछोरी अष्ट्रेलिया, युरोप, जापान, कोरिया, अमेरिका, क्यानडाको बाटो तताउदैछन् अनि अन्य युवाहरू मलेसिया र खाडिको उखर्माउलो गर्मिसँग सपना साट्दैछन् ! बिकट पहरा र पहाड पर्वतले प्राकृतिक रूपमै ठगिएको महसुस गर्नेको पनि कमि छैन !
नेपालीलाई सामान्य लागेको नेपालको प्राकृतिक मनोरम दृस्य अनि उपयुक्त हावापानी सँग लोभिएर साईबेरियादेखि बर्सेनि सयौं जोडि चराहरू बसाई आउने गरेका हामीले सुनेकै हौं !
नेपालको हावापानी जे जस्तो होस् तिनीहरू सँग मेल खाला नखाला त्यो कुराको आँकलननै नगरी अष्ट्रेलियाबाट एउटा नेपाली परिवारले मायाले ल्याएको एक जोडि कंगारू अहिले चितवनको जंगलमा अत्यन्त दुखी मुद्रामा भेटिए ! उनीहरूले अष्ट्रेलियाको भीषण आगलागीका कारण आफुले गुमाउन परेका आफ्ना आफन्त कंगारू लगायत अन्य लाखौं बन्यजन्तुहरू प्रति सामुहिक श्रद्धान्जली चढाउदै शोक पत्रमा यस्तो लेखेछन्,
-जती नेपालीहरू अष्ट्रेलिया जान आँतुर देखिन्छन् र उता जान पाउँदा खुसी देखिन्छन् हामी (एकजोडी कंगारू)पनि नेपाल आउन पाउँदा अनि यहाँको पर्यावरण सँग रमाउन पाउँदा त्यतिनै खुसी भएका छौं ! बेखुसी मात्र यसार्थमा कि अष्ट्रेलियाको बिनासकारी आगलागीले हाम्रो बंशनैं तहसनहस बनाई दिएको छ ! भगवान सँग यहि प्रार्थना कि, हाम्रो पुस्ताले भोगेको यो दु:खद पीडा अरू सन्ततीले कहिल्यै भोग्नु नपरोस् ! अनि बिदेशीन आँतुर नेपालीहरू लाई एउटा सन्देश कि तिमी बिश्वका भाग्यमानीहरू मध्येमा पर्दछौ ! गर्व गर्न सिक नेपाली माटोप्रति ।
(विनासकारी आगलागीका कारण ज्यान गुमाउन बाध्य जंगली जन्तु एवं जनावरहरू प्रती दु:ख ब्यक्त गर्दै)