अष्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषा पढाइ हुने 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६
नेपाली समुदायको बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै अष्ट्रेलिया  स्थित नेपाली संघ-संस्था तथा नेपाली समुदायका अभियन्ताहरु ले अष्ट्रेलियाका बिद्यालयहरु मा नेपाली भाषा पढाउन  सरकारी निकाय संग समन्वय र प्रयास गरिरहेका छन् । हाम्रा समाज अष्ट्रेलियाका अध्यक्ष एबं नेपाली संघ-संस्थाहरु को महासंघ ‘फेन्का’ का सल्लाहाकार डा. मोम बिश्वकर्माले दिनु भएको जानकारी अनुसार उँहाले फेब्रोवरी ६ का दिन एनएसडब्लु राज्यकी शिक्षा मन्त्रि मा. शराहा मिचेललाई एनएसडब्लु संसद भवनमा भेट गरि नेपाली समुदायको बढ्दो जनसंख्या संगै भाषा संरक्षणमा सरकारी तवरबाट हुन् सक्ने सहयोगको बारेमा जानकारी गराउनु भएको थियो । उक्त अबसरमा डा. बिश्वकर्माले नेपाली बाहुल्य भएको ठाउँहरु जस्तै सिड्नीका पश्चिमी क्षेत्रहरु क्यम्सी, रक्डेल, मिण्टो, क्याम्बेलटाउन, अबर्न लगायत क्षेत्रमा रहेका अष्ट्रेलियन सरकारी बिद्यालयमा नेपाली भाषा कक्षा संचालनको गर्न माग गरेको जानकारी गराउनु भयो।
उक्त बैठकमा नेपाली भाषीहरुको बाहुल्यता रहेका क्षेत्रका सरकारी स्कुलहरुमा बिधार्थीहरु संख्या ठुलो रहेको भएता पनि  नेपाली भाषी शिक्षकहरुको कमि भएका कारण सरकारी बिद्यालय मार्फत आबश्यक छात्रवृति तथा सहयोग गर्ने पनि जानकारी गराईएको थियो । एनएसडब्लु राज्यकी संसद सोफी कोत्सिसले नेपाली भाषा कक्षा संचालन गर्न गरिरहेको प्रयास स्वरुप यो बैठकको आयोजना गरिएको थियो । उक्त बैठकमा  संसद सोफीले यसै प्रयास स्वरुप क्यम्प्सी पब्लिक स्कुलका प्रिन्सिपल संग सहकार्य भइरहेको र नेपाली भाषा कक्षा संचालनका लागि स्कुल प्रिन्सिपल सहमत भएको जानकारी दिनु भयो । यसरी नै मा. सोफीले अन्य बिद्यालयमा पनि यो अभियानमा सहयोग गर्नका लागि शिक्षा मन्त्रिको ध्यान आकार्षण गर्नु भएको थियो । उक्त मागलाई ध्यानमा राख्दै एनएसडब्लुकी शिक्षा मन्त्रि मा. शराहा मिचेलले अहिले एक जना नेपाली शिक्षकलाई छात्रवृति प्रदान गरेको तथा सामुदायिक भाषा बिद्यालय मार्फत आबश्यक कोर्स पढ्ने व्यवस्था गर्न सिड्नी बिश्वबिद्यालय तथा वेस्टर्न सिड्नी बिश्वबिद्यालय संग सहकार्य भैरहेको जानकारी दिनुभयो । भविष्यमा शिक्षा सेवामा प्रबेश गर्न चाहने नेपालीलाई प्रतिस्पर्धाका आधारमा शिक्षा तालिम दिने ब्यबस्था पनि गरिने शिक्षा मन्त्रिले जानकारी दिनुभयो । उक्त बैठकमा नीति सल्लाहकार जेसिका निली तथा शिक्षा मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति थियो ।