नेपाल फेयर होबार्ट २९ फेब्रोवारीमा – सम्पूर्ण तयारी पुरा 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९, २०७६
गत सालको नेपाल फेयरको अत्यधिक सफलता पछि तस्मेनियामा रहेका नेपालीहरु र नेपाल अनि नेपालीलाई माया गर्ने बिदेशीहरु बीच नेपाली कला संस्कृति रहन सहन भेष भुषा र खान पिन लाई अष्ट्रेलियाको बृहत्तर बहु संस्कृतिक समुदायमा परिचित गराउने उदेश्यले नेपाली नेपाल मेला होबर्ट २०२० को आयोजना गरिदैछ ।  Nepal Fair Hobart 2020 को नामबाट आयोजना गरिएको उक्त कार्यक्रम आउँदो २९ फेब्रोवारी शनिबारका दिन हुदैछ । नेपाल सरकारले भिजिट नेपाल मनाइरहेको बेला यति ठुलो कार्यक्रम गरेर नेपाल र नेपालीलाई बिदेशी माझ चिनाउने श्रेय एभरेष्ट मिडिया हाउसलाई जान्छ । एभरेष्ट मिडिया हाउसका तर्फबाट डा. केशब भट्टराईले द नेपाली टाईम्सलाई जनाए अनुसार कार्यक्रम सम्पूर्ण तयारि पुरा भइ सकेको छ र कार्यक्रम प्रति जनमानसको चासोले आयोजक टिम एकदमै खुसि र उत्साहित छ । डा. भट्टराईका अनुसार कार्यक्रमको मुख्य आकर्षणको रुपमा कार्यक्रम सुरुहुनु अगाडी नेपाली काला संस्कृति र नेपाल चिनाउने झाँकीहरु सहित परेडको कार्यक्रम  रहेको छ । बिभिन्न झाँकी सहितको परेड कार्यक्रम स्थल पुगे पछि औपचारिक कार्यक्रमको सुरुवात हुनेछ ।
अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालबाट उद्घाटन हुने उक्त कार्यक्रममा तास्मेनियाका साथ साथै अष्ट्रेलियाका राजनीतिक दलका नेता र सरकारका प्रतिनिधिहरु को पनि बिशेष उपस्थिति रहनेछ । एनआरएनए अष्ट्रेलिया र तस्मेनियामा रहेका सामाजिक संघ संस्थाहरु र बिभिन्कोन ब्यापारिक संघ संस्थाहरु संगको समन्वय, सहयोग र सहकार्यमा आयोजना हुदै गरेको यस कार्यक्रममा  DJ  Nutcase ले सबैलाई सांगेतिक माहोल सिर्जना गर्नेछ भने हाइपेर ब्यैंडले आफ्नो लाइभ प्रस्तुतिहरु दिनेछ। यसै गरि कार्यक्रमको अर्को आकर्षणको रुपमा नेपाल संस्कृतिका बिबिधता झल्कने गरि स्थानीय नेपाली कलाकार र प्रतिभाहरु ले बिबिध प्रस्तुतिहरु दिनेछन् ।
कार्यक्रम सम्बन्धि थप र एबं सम्पूर्ण जनाकारीका लागि fb/nepalifairhobart2020 मा वा  एभरेष्ट मिडिया हाउसका सदस्यहरु लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।