होली म्युजिकल कन्सर्ट हुँदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, फाल्गुन १५, २०७६
एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले  बिगतका बर्षहरु मा मनाउदै आइरहेको होली पर्वलाई यस बर्ष होली म्युजिकल कन्सर्टका रुपमा मनाउदै छ । आगामी मार्च ६ मा मराना अडिटोरियम हर्सभिलमा  गर्न लागिएको  होली म्युजिकल कन्सर्टकालागि नेपालबाट पप गायिका प्रश्ना शाक्य, लोक गायक रविराज शाह र भोजपुरी गायक सुनिल पण्डितको सहभागिता रहने संस्थाका अध्यक्ष प्रविन चौरासियाले जानकारी दिए ।
सन् २००८ देखि बिबिध कार्यक्रम सहित होली मनाउदै आइरहेको  ‘एन्टा’ले गत साल देखि नेपाल बाट कलाकार ल्याएर होलि मनाउने लागेको हो । सन् २००८ मा स्थापना भएको एन्टाले होली, इद लगायतका चाड पर्ब मनाउदै परोपकारितालाई समेत संगै लाग्दै  बिभिन्न समयमा बाढी पीडितलाई सहायोग विभिन्न जिल्लामा पुस्तकालय स्थापना लागायतका काम गर्दै आइरहेको छ । चौरसियाका अनुसार गत वर्ष संकलन भएको नगद नेपालका स्कुलमा खर्च गरिएको थियो भने प्रवेश शुल्क: पन्ध्र डलर मात्र रहेको यस वर्षको होलि म्युजिकल कन्सर्टबाट संकलन भएको ५० प्रतिशत रकम गत महिना न्यू साउथ वेल्स राज्यमा भएको आगलागी नियन्त्रणमा संलग्न फायर फाइटर र पीडितलाई काउन्सिलमार्फत उपलब्ध गराउने योजना छ । कार्यक्रममा सहभागी भएर रंगहरु को पर्ब होलि मनाउन संस्थाले सबैलाई निमन्त्रणा गरेको छ।