अस्ट्रेलिया सरकारद्वारा आफ्ना नागरिकहरुलाई यथाशिघ्र घर फर्किन अनुरोध !

लेवल ४ ट्राभल एडभाइजरी जारि
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र ५, २०७६

अस्ट्रेलियामा कोरोनभाइरस COVD19 फैलने क्रमले गति लिदै गर्दा सरकारले यससंग लड्न कडा नियम ल्याउने संकेत देखिएको छ । हालै अस्ट्रेलिया संघिय सरकारको विदेश बिभाग ( Department Foreign Affairs & Trade – DFAT) ले जारी गरेको सूचनामा आफ्ना नागरिकहरुलाइ “लेवल ४” ट्राभल एडभाइजरी जारि गरेको छ । त्यसको मतलब हो “ट्राभल नगर्नू” । र हाल अष्ट्रेलियन नागरिकहरु जहाँ रहेपनि यथासक्य छिटो फिर्ता हुन पनि DFAT ले सुचित गरेको छ ।

बिभागले गत हप्ता नै अत्यन्त जरुरि बाहेक अरु यात्रा नगर्ने सल्लाह दिइसकेको थियो भने अस्ट्रेलिया प्रवेश गर्ने सबैले २ हप्तासम्म अनिवार्य अलग रहनुपर्ने (सेल्फ क्वारेन्टाइन) को प्राबधान गरिसकेको छ।

विश्वका धेरै देशहरुले आफ्नो सिमामा यात्रुहरुको आवागमनमा कडा निगरानी तथा नियन्त्रण गरेकोले आउदा दिनहरु ट्राभल गर्न अरु कठिनाइ बन्ने DFAT को ठहर छ। थुप्रै उडानहरु स्थगित हुदै छन्, यस्तो परिस्थितिमा अस्ट्रेलियन नागरिकहरु विदेशमा रहदा त्यहाँ पाउने स्वास्थ्य सम्बन्धि सुबिधा सिमित हुने, र सरकारले प्रदान गर्ने कन्सुलर सेवा पनि सिमित हुने हुनाले आफ्ना नागरिकहरु जति सक्दो छिटो अस्ट्रेलिया फर्कन अनुरोध गरेको छ।

अस्ट्रेलियन पीआर, नागरिक तथा विदेश स्थित कुटनीतिक नियोगका कमिशनर र उनीहरुका परिवारहरुलाई पनि सकेसम्म स्वदेश फर्किन भनिएको छ।

यात्रा सहजीकरणका लागि सम्बन्धित एअरलाइन्स, ट्राभल एजेन्ट तथा ट्राभल इन्स्योरेन्स कम्पनिसंग सम्पर्क तथा परामर्श गरि छिटो भन्दा छिटो फर्कने सुझाव DFAT ले दिएको छ।

आफ्ना नागरिकहरुलाई यथाशिघ्र घर फर्किनकालागि सूचना जारी गर्नुमा DFAT ले निम्न दुइ प्रमुख कारण जनाएको छ :

१     केहि बिदेशी मुलुकहरु COVID-19  को उच्च जोखिममा परेको र आफ्ना नागरिकहरु संक्रमित हुने खतरा दिनानुदिन बढेको तथ्यांकले देखाएको छ। समय बित्दै जादा कोरोनभाइरस् थप आक्रामक बन्ने र लामो दुरीका उडान हरुमा यात्रा गर्न जोखिम हुनेछ। विदेशमा रहदा त्यहाको हेल्थ सिस्टमले उचित सेवा प्रदान गर्न नसक्ने अनुमान गर्दै आफ्ना नागरिक हरु उच्च जोखिममा पर्नबाट बच्न  DFAT ले आफ्ना नागरिकहरुलाई सचेत गराएको  छ।

२   अहिलेको परिस्थितिमा यात्रा गर्नु कठिन र अनिश्चित देखिन्छ। थुप्रै मुलुकहरुले मानिसहरुको आवतजावतलाइ प्रतिबन्ध लगाइसकेका छन्। समस्या जटिल बन्दै जादा परिस्थित अरु जटिल बन्न सक्छ र चाहेर पनि यात्रा गर्न नपाइने हुन सक्छ। कुनैपनि देशमा आफ्ना नागरिकहरुलाई self-quarantine मा राखिदिन सक्छ जसले उनीहरुको परिवार, काम तथा अध्ययनमा गम्भीर असर पर्न सक्ने हुनाले जतिसक्दो  छिटो अस्ट्रेलिया फर्कन अनुरोध गरिएको DFAT ले जनाएको छ।

अत्यन्त जरुरि कन्सुलर सहयताका लागि :

  • +61 2 6261 3305 from overseas
  • 1300 555 135 from within Australia
  • +61 421 269 080 from SMS