नेपाली राजदूतावासले विद्यार्थीहरू को तथ्याङ्क संकलन गर्दै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र २३, २०७६
अष्ट्रेलिया | कोरोना भाईरस (COVID-19) का कारण सिर्जित अहिलेको अप्ठ्यारो परिस्थितिमा अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजीलगायत प्रशान्त क्षेत्रमा अध्ययनरत बिधार्थीहरु काँहा कस्तो स्थितिमा छन् र कस्ता समस्या संग जुधिरहेका छन् । भोलि आवश्यक पर्दा उनीहरु लाई छिटो भन्दा छिटो सम्पर्क गर्न सकियोस र तिनका समस्या सम्बोधन गर्न सकियोस भनि अष्ट्रेलिया स्थित नेपालीदुताबासले अनलाईन तथ्याङ्क संकलन गर्दैछ।
दुताबासले एक बक्तब्य प्रकाशित गरि बिद्यार्थीहरु लाई उक्त अनलाइन फर्म मार्फत आफ्ना जानकारीहरु उपलब्ध गराईदिनु हुन् अनुरोध गरेको छ । बक्तब्यमा दुताबासले परिबरबाट टाढा रहेर यस क्षेत्रका बिभिन्न देशका बिभिन्न शहरहरु मा रहेर आध्यानरत रहेका विद्यार्थीहरू, अभिभावक तथा विभिन्न उद्धेश्यले यहाँ रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू लाई हालको अवस्थामा सुरक्षित एवं संयमित रहन पनि अनुरोध गरेको छ।
दुताबासको वेबसाइटमा रहेको  Emergency Registration Form वा सिधै (https://au.nepalembassy.gov.np/emergency-registration-form/) यस लिंकमा किल्क गरि जति सक्दो आफ्नो जानकरी उक्त फर्म मार्फत दुताबासलाई उपलब्ध गराइदिन एबं आफुले चिने जानेका अन्य  बिधार्थीहरु लाई पनि यस बारे जनाकारी गराइदिनु हुन दुताबासले सबैमा अनुरोध गरेको छ।