एक्स्पर्टद्वारा २ लाख डलरको सहायता कोष स्थापना 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ३०, २०७६
अष्ट्रेलियामा केन्द्रिय कार्यलय रहेर नेपाल, अष्ट्रेलिया लगाएत बिभिन्न देशहरु मा रहेका  ३२ भिन्न शाखाहरु बाट बिधार्थीहरु लाई उच्च शिक्षा सम्बन्धि सेवा पुराउदै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले हालै कोभिड-१९ ( COVID-19 ) बाट असर परेका र सम्भावित असर पर्ने सक्ने बिधार्थीहरु लाई बिभिन्न खाले राहत, सेवा र सहयोग पुराउने उदेश्यले २ लाख डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना गरेको छ।
निजि क्षेत्रबाट नेपाली बिधार्थीहरु लाई लक्षित गरि स्थापना गरिएको अहिले सम्म कै ठुलो यो कोष एक्स्पर्ट एजुकेसनले आफु मातहत रहेर बिबिध परोपकारी एबं सामाजिक कार्यमा सक्रिय एक्स्पर्ट फाउन्डेसन मार्फत सहयोग गरिने हालै एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले आफ्नो वेबसाइट मार्फत जनाएको छ।
एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका निर्देशक सन्जिब शर्माले सामाजिक संजाल मार्फत उक्त निर्णयको पुष्टि गर्दै ब्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै एक्स्पर्ट फाउन्डेसनले COVID-19 को कारणले अष्ट्रेलियामा अध्यानरत अन्तराष्ट्रिय बिद्यार्थीहरु लाई पर्नसक्ने बिबिध समस्याहरुमा सहयोगी भूमिका निर्बाह गर्न उक्त कोष परिचालन गरिने बताएका छन्। अहिलेको यो महामारीबाट बिधार्थीका अभिभाबकहरु लाई समेत प्रत्यक्ष/अप्रत्यक्ष असर गरेको यो सन्दर्भ एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज मार्फत अध्यानको लागि बिभिन्न कलेज र बिश्वबिध्यालयहरु मा आएका बिधार्थीहरु लाई हामीले पनि अभिभाबक्त्व दिनु पर्छ भनेर यो कोषको अबधारणा अगाडी ल्याएको पनि निर्देशक शर्माले बताए।
घोषित २ लाख अष्ट्रेलियन डलर मध्येको ५० हजार डलर, अष्ट्रेलियामा रहेर अन्तराष्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गरिनेछ भने एक लाख पचास हजार डलर एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत पछिल्लो छ महिना यता ( १ अक्टोबर २०१९ देखि हालसम्म ) अष्ट्रेलिया आएका बिद्यार्थीहरु जो पार्ट-टाइम काम पनि नपाएका, काम पाएर पनि गुमाएका अष्ट्रेलियाका बिभिन्न राज्यमा रहेका बिधार्थीहरु लाई सहयोग गरिने जनाईएको छ। समस्यामा परेका बिधार्थीहरु एक्स्पर्ट एजुकेसन  एण्ड भिसा सर्भिसेजका भिन्न राज्यहरु मा रहेका कार्यलयमा सम्पर्क गर्न सक्नेछन् वा सिधै फाउन्डेसनको यस लिंकमा ( https://eevs.co/covid19-assistance ) मा गई आफ्नो नाम र विवरण दर्ता गर्न सक्नेछन्।
यस बाहेक पनि कुनै पनि बिधार्थीलाई यो अप्ठ्यारो स्थितिमा परामर्श वा अन्य कुनै पनि सहयोग र सल्लाह चाहिएमा c19support@experteducation.com.au मा सम्पर्क गर्न पनि एक्स्पर्ट एजुकेसनले बिधार्थी भाइ/बैनीहरु मा अनुरोध गरेको छ।