‘अर्ली सुपर फण्ड रिलिज’ का लागि इनोभेटिभ एसोसियट्सको निशुल्क: परामर्श सेवा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, बैशाख १२, २०७७

सिड्नी / कोभिड-१९ ले समस्यामा परेकाहरु लाई बिभिन्न राहत सहित समुदायका संघ/संस्था र व्यक्ति/बिशेष आगाडी आइरहेको अवस्थामा ‘अर्ली सुपर फण्ड रिलिज’ का लागि इनोभेटिभ एसोसियट्सले  निशुल्क: परामर्श सेवा दिदैछ । अष्ट्रेलियन सरकारले कोभिड-१९ को कारण आर्थिक चपेटामा परेकाहरु लाई राहत स्वरुप उनीहरुको संचित सुपर फण्ड (हाम्रो चलनचल्तीको भाषामा संचयकोष) अहिले नै निकाल्न पाउने नियम बनाएको छ । सोहि नियम अनुसार अन्तराष्ट्रिय बिधार्थीहरु यदि अष्ट्रेलियामा १२ महिना वा त्यो भन्दा बढी बसी सकेका छन् र उनीहरु को सुपर फण्ड खातामा रकम जम्मा भएको छ भने बिधार्थीहरु ले पनि तोकिएको रकम निकाल्न पाउनेछन्।

यस्तो अवस्थामा अन्तराष्ट्रिय बिधार्थीहरु लाई यो प्रकृया झन्झटिलो नहोस् भनि आफु आबद्द इनोभेटिभ एसोसियट्सले अष्ट्रेलिया भरि कै अन्तराष्ट्रिय बिधार्थीहरु लाई निशुल्क: सहयोग र आबश्यक परामर्श दिन लागेको इनोभेटिभ एसोसियट्सका डाइरेक्टर डिला खरेलले बताए । सुपर निकाल्न दिइने आबेदन मात्रै आफैमा गार्हो छैन, सक्नेले आफै गर्नु हुन्छ नसक्नेका लागि हामीले यो सहयोगको लागि आह्वान गरेका हौ पेशाले एकाउण्टेण्ट खरेलले भने । अर्ली सुपर फण्ड रिलिजका लागि आबेदन दिने बाहेक पनि यस संग सम्बद्द अन्य बिभिन्न जिज्ञासाहरु आउने क्रम बढे संगै आफ्नो कार्यलयले यो अफर गरेको उनले बताए।

थप जनाकारीका लागि सहयोग चाहानु हुने बिधार्थीहरु ले माथि उल्लेखित फोन नम्बर वा इमेल मार्फत सम्पर्क गर्न पनि इनोभेटिभ एसोसियट्सले अनुरोध गरेको छ।