मलेसियामा २५ नेपाली कामदार संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ — मलेसियामा थप २५ नेपाली कामदार कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् ।

मलेसियाको स्वास्थ्य विभागका अनुसार पेडास र रिमवु उद्योगमा कार्यरत विदेशी कामदारको स्वास्थ्य परीक्षण गर्नेक्रममा २५ नेपालीसहित ६० कामदारलाई पोजिटिभ देखिएको हो ।

विभागका महानिर्देशक दातु नुर हिसाम अब्दुल्लाहका अनुसार ७ सय ८६ जना विदेशी कामदारको स्वास्थ्य परीक्षण गरिएकामध्ये ६० जनालाई पोजिटिभ देखिएको हो ।

२ सय ८६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ४४० जनाको नतिजा आउन बाँकी छ ।

त्यसमा कति जना नेपाली भनेर खुलाइएको छैन ।

कान्तिपुरका अनुसार उक्त उद्योगमा अप्रिल ५ तारिखमा पहिलोपटक कोरोना संक्रमित देखा परेका थिए ।