चीन सरकारको सहयोगमा ३० हजार पीसीआर किट

काठमाडौं- नेपालमा कोरोना संक्रमीतको संख्या बढ्दै गएपछि परिक्षण किटनै नभएको कारण परिक्षणमै संकट आएसँगै चीन सरकारले आइतबारसम्म उपलव्ध गराउने भनेको ४० हजार पीसीआर किट मध्ये ३० हजार किट शनिवारै नेपाल पुर्याएको छ ।
चीनको छोङछिङजियाङबेबाट हिमालय एयरलायन्स मार्फत शनिवार विहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआरु किट लिएर आईपुगेको थियो ।
शनिवार ३० हजार पीसीआर किट र त्यसका लागि चाहिने रिएजेन्ट, १० हजार थान डिस्पोजेवल गाउन, फेस मास्क, सर्जिकल मास्क लगायतका कोभिड १९ उपचारका लागि चाहिने अत्यावश्यक सामग्री आइपुगेको र १० हजार पीसीआर आईतबार पनि आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।
जिल्ला जिल्लामा पीसीआर सामग्रीको अभावमा परिक्षण रोकिएको कुरा के हो भन्दा महानिर्देशक श्रेष्ठले कोभिड अस्पतालमा कतै अभाव छैन जति चाहिन्छ हामी दिन तयार छौ भन्नुभयो ।
यता हिमालय एयरलायन्सले आफ्नो कार्गो उडान मार्फत चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको जनाएको छ । यता विमानस्थलले हिमालयन्स एयरलायन्सले आज छ हजार ८ सय ९२ केजी स्वास्थ्य सामग्री आएको उल्लेख गरेको छ ।
एयरलायन्सले आफ्नो कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...