चन्दा संकलनको नयाँ प्लेटफर्मको रुपमा “मेरो फण्ड” 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख २९, २०७७

विदेशमा बसोबास गरिरहेका धेरैको लागि अनलाइन प्लेटफर्मको प्रयोग गरेर चन्दा उठाउने कार्य नौलो होइन । यसरि अनलाइन प्लेटफर्म मार्फत चन्दा संकलन गर्नेमा हामी  मध्ये धेरैले “गो फण्ड मि” प्रयोग गर्दै गरेका छौं ।  यो एउटा अमेरिकन प्लेटफर्म कम्पनि हो जस बाट चन्दा संकलन गरे बापत उसले उल्लेखिनिय सेवा शुल्क पनि लिने गर्छ । तर अब यसरि चन्द संकलन कार्य आफ्नै अनलाइन प्लेटफर्म गर्दा यसबाट हुने धेरै फाइदाहरु लाई मध्ये नजर गर्दै अष्ट्रेलियामा लामो समय देखि बस्दै आएका चार युवा उधामीहरु ले “मेरो फण्ड”  को  शुरुवात गरेका छन् ।  किरण राई, अविरल गुभाजु, धिरज बिस्ट र समिम अनवरको लामो समयको अनुसन्धान र मेहनत पछि  “मेरो फन्ड”  (www.merofund.com) अहिले सेवा प्रदायक बनेर आइसकेको छ।

नेपाली युवा ब्यबसायीहरु को परिकल्पनामा सुरु भएको यो अनलाइन प्लेटफर्मले निश्चय नै निकै कम सेवा शुल्क लिएर सेवा दिने पनि संस्थापक मध्येका एक समिम अनवरले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए । अनवरका अनुसार कोष संकलन बाहेक नेपालमा स्टार्टअप हरुलाई प्रोत्साहन गर्नको निम्ति लगानी कर्ताहरुलाई येही प्लेटफर्म मार्फत लिएर आउने  सकिने र भोलि सामुहिक लगानीका लागाएतका कुराहरु मा पनि यो प्लेटफर्म सबैको लागि उपयोगी र पारदर्शी पनि हुन सक्नेछ । काडस कार्पको पहिलो भेन्चर “मेरो फन्ड” आफ्नो समुदायको लागि आफु बाटै भन्ने सन्देश सहित आएको र यसलाई नेपाली समुदायका सबैले प्रोत्साहन गरिदिनुहुन पनि संस्थापकहरु ले अनुरोध गरेका छन् ।  थप जनाकारीका लागि  www.merofund.com मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ।