2020 जुलाई महिनाका केही नेपाल गतिविधि
नेपाल–चीन मैत्री सम्बन्धको ६५ वर्ष
नेपाल चीन मैत्री सम्बन्ध शुरु भएको ६५ वर्ष पुगेको उपलक्ष्यमा दुई देशका राष्ट्र प्रमुखहरूबीच शुभकामना आदानप्रदान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सि जिङपीङलाई शुभकामना सन्देश पठाउँदै चिनियाँ नागरिकलाई यस उपलक्ष्यमा बधाई दिएकी छन् । सन्देशमा उनले नेपाल र चीन बीचको मैत्री सम्बन्ध आगामी दिनहरूमा थप बलियो हुने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गएको अक्टोबरमा भएको सीको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको र दुवै देशको विकाश र समृद्धीमा यसले योगदान पुर्याएको स्मरण गरेकी छन् । चीनका राष्ट्रपति सी जीनपीङले पनि दुई देशबीचको मैत्री सम्बन्धमा महत्वपूर्ण विकास भएको बताएका छन् । राष्टप्रति भण्डारीसाग सीले दुवै देशको हितमा हुनेगरी सहकार्य गर्न चीन तयार रहेको समेत जनाए । त्यस्तै प्रधानमन्त्री केपी ओलीले पनि राष्ट्रपति सी र स्टेट काउन्सिलर लि केविङलाई शुभकामना सन्देश पठाएका छन् । प्रधानमन्त्री ओलीले शुभकामनामा बीआरआईलगायत प्रोजेक्टले यो क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै प्रशंसा गरेका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पनि समकक्षी वाङ यीलाई शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा स्थिति भयावह बन्न सक्ने
सरकारले लकडाउन खोलेपछि मानिसहरूको आवागमन बढेको छ । जसले गर्दा समुदायस्तरमा संक्रमणका केसहरू देखिएका छन् । तर पीसीआर परीक्षणलाई अझै बढाएको देखिदैन्। जसले गर्दा संक्रमण समुदायस्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ । चिकित्सकहरूले कोभिड–१९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके ’रोग’को रुपमा फैलन सक्ने चिन्ता व्यक्त गरेका छन् । सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरूले बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिलेसम्म कोभिड १९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिदै गए रोगको रुपमा देखापर्न सक्ने बताए । कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको डा. दिक्षितले बताए । उनले सरकारले पीसीआर परीक्षणलाई बढाउादै लैजानु पर्नेमा घटाउादै लगेको र समुदायमा संक्रमण देखिदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए । संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यका सहित सीमा क्षेत्रमा रहेका बस्तिमा परीक्षणको दायरा बढाउनुपर्ने बताए । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले मानिसहरूको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ता भित्रै भयावह हुनसक्ने बताए ।
कोरोनाको ताजा अपडेट
केही दिनदेखि नेपालमा हरेक दिन संक्रमितहरुको संख्या बढिरहेको नै पाइएको छ । विगत केही दिनदेखि एक सयदेखि दुई सयसम्मको संख्यामा प्रतिदिन देखिएको कोरोना संक्रमण गत अगष्ट १ का दिन बढेर तीन सयभन्दा माथि पुगेको छ । उक्त दिन मात्रै थप ३ सय १५ जना सङ्क्रमित भएका छन् । गत अगष्ट १ का दिन देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । नेपालमा हाल कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३ सय ३८ रहेको छ । नेपालमा डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४ सय ९२ पुगेको छ । नेपालमा लकडाउन खुल्नुअगाडि ११ दिनमा ४७ हजार ८७७ पीसीआर परीक्षण भएकोमा एक हजार ३४५ को पोजेटिभ रिपोर्ट आएको छ । यो परीक्षणको २ दशमलव ८ प्रतिशत हो । बन्दाबन्दी खुलेपछिका ११ दिनमा ५८ हजार १ सय ७४ पीसीआर परीक्षण गरिएकोमा दुई हजार ९२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
नारायणगढ–मुग्लिन सडकमा शुल्क
सरकारले नारायणगढ–मुग्लिन सडक प्रयोग गरेवापत पहिलोपटक शुल्क असुल गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार ३७ किमीको यो सडक प्रयोग गर्दा हलुका सवारी साधनले २५ रुपैयाँ र भारी सवारी साधनले .५५ रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने छ । सडक मर्मतका नाममा लिइने यो दस्तुर सडक बोर्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत गरेको प्रस्तावमा सरकारले शुल्क लिन पाउने स्वीकृति दिएको हो । बोर्डका प्राविधिक निर्देशक सागर ज्ञवालीका अनुसार सरकारले गरेको यो निर्णय अब राजपत्रमा सूचना प्रकाशन गरेर औपचारिक रुपमा अगाडि बढाइने भएको छ । हाल लकडाउनका कारण लामो दूरीका सवारी सञ्चालनमा रोक लागेकाले अगष्ट १७ (१ भदौ) देखि मात्रै यो सडक प्रयोग गर्ने सवारीको चाप हुने छ । लकडाउन शुरु भएदेखि बोर्डले दस्तुर लिने अन्य सात वटा सडकको पनि शुल्क लिएको छैन । लकडाउन खुलेर सवारी चल्न थाले पनि अन्य क्षेत्रका सडकजस्तै मुग्लिन–नारायणगढ सडकमा पनि शुल्क लिइने ज्ञवालीले बताए । ज्ञवालीका अनुसार सरकारले स्वीकृति दिएकाले मुग्लिन–नारायणगढ सडकमा शुल्क असुली असोजदेखि शुरु हुन सक्छ । बोर्डका अनुसार सडकको नियमित मर्मतसम्भारका लागि स्रोत अभाव हुन नदिन यस्तो सडक उपभोग दस्तुर लिन लागिएको हो । बोर्डले देशैभरका सडकको आवश्यक मर्मतसम्भार गर्दै आएको छ । बोर्डले सबै प्रकारका सडकको नियमित तथा आवधिक मर्मत गर्ने गरेको छ । बोर्डले मुग्लिन–नारायणगढको बीच भागमा पर्ने जुगेडीमा शुल्क उठाउने ढाट राख्ने उल्लेख छ । बोर्डका अनुसार कारदेखि बस ट्रकसम्मलाई शुल्क तोकिएकोले दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटी) र तीन पाङ्ग्रे (टेम्पो) लाई भने शुल्क लिइने छैन । बोर्डले हाल हेटौंडा–नारायणगढ, नारायणगढ–बुटवल, नौबिसे–मुग्लिङ, भैरहवा–भुमईबाट मोटरसाइसहितका ठूला सवारीसाधनबाट सडक दस्तुर लिँदै आएको छ । पूर्वको काँकडभिट्टा–दमक, दमक–इटहरी–कोशी, जोगबनी–धरान–धनकुटा खण्डको विराटनगर–धरान खण्ड, कोशी–चौहर्वा, हेटौंडा–वीरगन्ज र वीरगन्ज–पथलैया खण्डमा पनि मोटरसाइकलदेखि ठूला सवारीसम्म नै सडक उपभोग दस्तुर लिँदै आएको बोर्डले जानकारी दिएको छ ।
पाहुना बिनै खुले होटल
कोभिड–१९ महामारीको जोखिम न्यूनीकरण गर्न सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषण गरेपछि चार महिना ठप्प देशैभरका होटल जुलाई ३० का दिनदेखि खुलेका छन् । तर, होटलमा पाहुना भने छैनन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार स्वास्थ्य सम्बन्धी आवश्यक सुरक्षा मापदण्ड पालना गरेर अधिकांश होटल खोल्ने निर्णय गरिएको हो । अहिले होटलमा पाहुना नआए पनि सकारात्मक सन्देश जाने भएकाले खोल्ने निर्णय गरिएको उनी बताउँछन् । हानका अनुसार, सरकारले आवश्यक सतर्कता अपनाएर होटल खुला गर्न अनुमति दिएको छ । अधिकांश होटलले १० प्रतिशत कोठा पाहुनाका लागि खुला गर्नेछन् । रेस्टुरेन्ट सेवा पनि खोलिएको छ । धेरैजसो होटल सरसफाइ गर्ने, पाहुना आइहाल्छन् कि भनेर आशिंक रुपमा खोल्ने बाहेक कुनै उपलब्धि नहुने हानका उपाध्यक्ष शाह बताउँछन् । लकडाउन हटाएको भए पनि हवाई तथा लामो दूरीको यातायात र सभा–सम्मेलनसहितका ठूला जमघटमा प्रतिबन्ध जारी छ । होटलका कर्मचारीलाई न्यूनतम स्वास्थ्य मापदण्ड पालना गराउनुपर्ने, न्यूनतम स्तर कायम गनुपर्ने, कर्मचारीलाई तालिम दिनुपर्ने जस्ता कारणले सञ्चालन खर्च बढ्छ । त्यसैले पर्यटक आगमन सुरु नभइ कुनै पनि होटल पूर्ण सञ्चालन संभव नभएको हानले जनाएको छ ।
राप्रपाबाट कांग्रेसमा
राप्रपा परित्याग गरेका सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन् । हालै राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा २९ जुलाईका दिन औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका हुन् । उनीसहितका नेतालाई कांग्रेसका शीर्ष नेताहरूले केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले २०१० सालदेखि कांग्रेससँग टुटेको नाता पुन: जोडिएको प्रतिक्रिया जनाए । त्यसअघि आफ्नो परिवार कांग्रेसमै रहेको स्मरण गर्दै उनले ६७ वर्षपछि फेरि जोडिएको बताए । लोकतान्त्रिक शक्ति बलियो बनाउन आफू कांग्रेस प्रवेश गरेको भन्दै थापाले नेपालमा प्रजातान्त्रिक शक्ति कमजोर हुादा अधिनायकवादी शक्ति बढेको बताए ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
Site Details: Kosten: $ 29.95 für a 1...
Getting started: tips about how to find a fuck buddy Finding a fuck...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
Leser Frage: ich bin fett plus es scheint sehr schwer...
Site Détails: Review Tout comme le examen nous...