सामाजिक संजालको सही सदुपयोग गरौं, समाजलार्ई नकरात्मतावाट जोगाऔं 

-- विश्वामित्र खनाल / प्रकाशित मिति : बुधबार, अशोज २८, २०७७

एक्काइसौंं शताब्दीलार्ई सूचना र सञ्चारको शताव्दी मानिएकोछ । सूचना तथा सञ्चारको क्षेत्रमा आएको क्रान्तिले पूरा विश्वलाई नै साँघु¥याएकोछ । यस क्षेत्रमा आएको आमुलपरिवर्तनमा सामाजिक संजालको ठूलो भूमिका रहेकोछ । सामाजिक संजालमा व्यक्त अभिव्यक्तिले संसारको एककुनावाट अर्कोकुनामा प्रभाव पारिरहेकोछ । सामाजिक सञ्जालमा प्रविष्ट नकारात्मक र हानिकारक टीकाटिप्पणीले समाज दिनप्रतिदिन अराजक र भीडको हातमा पुर्याइ रहेकोछ ।
कुनैपनि कुरा बिगार्न जति सजिलो हुन्छ वनाउन त्यति नै कष्टकर हुन्छ । भत्काउन एकभए पुग्छ, तर बनाउन उनान्सय चाहिन्छ । यसैगरि, एकजनाले एउटा गलत कुरा समाजिक सञ्जालमा पोस्ट गरिदियो भने त्यसमा नकारात्मक टिप्पणी यति धेरै आउँछ कि मानौँ सबै बिश्व व्रम्हाण्ड नै त्यही पोस्ट हो र त्यसमा आफु छुट्नु हुदैन भन्ने अभिप्रायले को भन्दा को कमको शैलिमा उत्तेजक प्रस्तुतीहरू हुन थाल्दछन् ।
सामाजिक सञ्जालका भित्ताहरूमा नेपाली प्रयोगकर्ताहरूले गरेको पोस्ट हेर्ने हो भने, ठूलो हिस्सा नकारात्मक धारणाको नै देखिन्छ । यस्ता टीकाटिप्पणी कति प्रतिशत सकारात्मक छन्, कति नकरात्मक अहिलेसम्म अनुसन्धान नभए पनि नकारात्मकता नै बढी छ भन्नेमा कुनै द्विविधा छैन । त्यसैले सामाजिक सञ्जाल केका लागि ? भन्ने प्रश्न अबको बहसको विषय वनेकोछ । सामाजिक सञ्जाल विष ओकल्न र कसैको हुर्मत लिन नभइ, अमृत बाँड्न, आलोचना र समालोचनाका लागि हुनुपर्नेमा मतक्यै नहोला ।
सामाजिक सञ्जालहरूमा आउने पत्रपत्रिकाका समाचारका विषयवस्तु हुन् वा कसैले सामाजिक विषय वस्तुमा लेखेका स्टाटस हुन्, यी सबैमा कुनै न कुनै मर्यादा विपरीतका कमेन्टहरू भेटिन्छन् । युुटुबमा राखिएका भिडियो होस् वा ट्वीट र रिट्वीटमा गरिएका कमेण्टहरू नै किन नहोस्, सवैतिर नकारात्मकताको वाहुल्यता भेटिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू स्वयंमा पनि एक–आपसमा गाली गर्दै मपाईत्वादको प्रदर्शन गर्दै एकले अर्कालार्ई खुइल्याउन तछाड मछाड गरि होडवाजि नै गर्छन् । अझ राजनैतिक पार्टीका कार्यकर्तादेखि ठुटे नेताहरू त आफ्नो वफादारीलाई हनुमान भक्ति देखाउन कुनै कसर नै वाँकी राख्दैनन् । उनीहरू एक अर्काको पार्र्टी वफादारीमा यतिसम्म गिर्छन् की आफूले लगाएको लुंगिं खुस्केको पत्तो नै पाउँदैनन् । आफ्ना विपक्षी र प्रतिद्धन्दीलाई आरोप लगाउने र सत्तोसराप गर्नेहरूको भीड पनि सामाजिक सञ्जालमा कमी छैन ।
विश्वव्यापी पहुँच रहेका यस्ता सञ्जालहरूमा भ्रामक सूचना, समाचार र खबर सेकेण्डभर मै फैलिन्छ । मानिसले भ्रामक समाचार प्रसारण गरेर समाजलार्ई क्षणभरमै उत्तेजित, उद्देलित र निराश बनाइरहेको छ भने यसको मूल्य समाजले तिर्नु परिरहेकोछ । समाज सामाजिक सञ्जालवाट रोमाञ्चित मात्र होइन त्रसित पनि वनेकोछ । आधारहीन कुराहरूलार्ई गोयवल्स शैलिमा सत्य बनाउन खोजेको पनि देखिन्छ । फरक समय, सन्दर्भ र स्थानका फोटो र भिडियोहरू अर्कै सन्दर्भमा प्रकाशित र प्रसारित गर्ने होडवाजि नै चलेकोछ । कुनैपनि मुलुकका कार्यकारी प्रमुखलार्ई गाली गर्न, आफ्नै देश र सरकारको धज्जी उडाउन वा सरकारको भक्तिभाव गर्न सामाजिक सञ्जाल वढी प्रयोग हुने गरेकोछ । समाजिक सञ्जाल मार्फत हामी हाम्रो समाजलाई कता डो¥याउदैछौं यो एउटा यक्ष प्रश्न खडा भएकोछ । हामीले हाम्रो समाजलाई कतै अमर्यादित त वनाउदै छैनौं । के मर्यादित देखाउनका लागि तल्लोस्तरको आलोचना आवस्यक छ ? के समाजिक सञ्जाल समाजमा फोहोर बाँड्नका लागि हो वा समाजका राम्रा कुराहरू शेयर गर्नका लागि हो ? सामाजिक सञ्जाल केका लागि ? भन्ने प्रश्न पनि उठ्न थालेकाछन् ।
सामाजिक संजालको वर्तमानको प्रयोगीय हिसावले, हाम्रो सम्पूर्ण चिन्तन नै अब नकारात्मक धारमा अगाडि बढिरहेको देखाउँछ । यसमा समाजकोे दोष कि हाम्रो चिन्तन र विचारको दोष ? जताततै नकारात्मक कुराको बाढी आएको देख्दा हाम्रो समाज नकारात्मकतावाद तर्फ प्रेरित देखिन्छ । त्यसैले, अहिले सामाजिक सञ्जाल नै आवश्यक छैन कि भन्ने बहस पनि पेचिलो बन्न थालेको छ । कतिपयले त सामाजिक सञ्जाल खासगरी फेसबुक चलाउन छोडेको पनि देखिन्छ । तर, समाजिक सञ्जाल आवश्यक नै छैन भन्ने बहसचाहिँ त्यति तर्कपूर्ण भने देखिदैन । तथापि समाजिक सञ्जाललार्ई सकारात्मक प्रयोग गर्न के गर्न सकिन्छ, त्यसतर्फ भने वहसको खाँचो छ ।
हामीलार्ई मानवता, सहिष्णुता, ज्ञान, विज्ञान पूर्वाधार विकासका कुराहरू आवश्यक छैन ? आवश्यक छ भने हामी सामाजिक सञ्जालको उपयोग गरेर यी लाभहरू किन लिन–दिन वा वाँड्न सक्दैनौँ ? कतिपय अवस्थामा सामाजिक सञ्जाल आपत् विपत्मा सहयोग आह्वान र समायोजन गर्ने थलो पनि वनेकोछ । सामाजिक सञ्जालकै माध्यमवाट कति दिनहीनहरूलार्ई गाँस, वास, कपास तथा औषधोपचारको पनि व्यवस्था पनि भएकोछ । कतिका खालि पेटहरू भरिएकाछने भने धेरैको ज्यान जोगाएको पनि छ । सामाजिक सञ्जाल एउटा संसार जोड्ने रसायन बनेका थुप्रै उदारणहरू हाम्रा सामु छन् ।
सामाजिक सञ्जाल वर्तमानमा सूचना आदानप्रदानको सशक्त माध्यम पनि हो । सूचना र सञ्चारलार्ई शक्ति मान्न थालिएको आधुनिक युगमा यस्ता सूचनामूलक सञ्जालबाट हामी टाढा रहन पनि सक्दैनौं । त्यसैले यस्ता सञ्जाललार्ई राम्रोसँग सदुपयोग गर्न सके समाजलार्ई सकारात्मक धारमा अगाडि बढाउन सकिन्छ । त्यसैले, मानवता, सहिष्णुता, ज्ञान, विज्ञान पूर्वाधार विकासका कुराहरूका साथै इतिहासका पाटाहरू, राम्रा पुस्तकका अंश र विद्वानका भनाइहरू, उपयोगी स्वास्थ्य सल्लाहहरू, समाज निर्माणका कुराहरू, सामाजिक सञ्जालका माध्यमवाट छरौं । नकारात्मतालाई जोड नदिऔं । नकारात्मक टीकाटिप्पणीले कुनै वर्ग, समाज तथा देश सुध्रेको संसारमा कतै छैन । नकारात्मकतालाई त्यागौं, सकारात्मक सोच, चिन्तन, विचार र अभिव्यक्ति आजैबाट सुरु गरौं । दरिद्र मानसिकता र छुद्र बहसबाट माथि उठौँ । सामाजिक सञ्जाललार्ई असामाजिक सञ्जाल नबनाऔं ।