कंगना विरुद्ध अर्को मुद्दा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर २९, २०७७

बलिउड अभिनेत्री कंगना रनौत प्राय: विवादमा आइरहने नाम हो । बोल्दा विचार नपुर्‍याउने आरोप खेपिरहने यी अभिनेत्रीविरुद्ध अहिले अर्को एउटा मुद्दा परेको छ । यसपटक कंगनालाई मानहानी गरेको मुद्दा लागेको छ । अहिले उनलाई बलिउडकै दिग्गज गीतकार जावेद अख्तरले मुद्दा हालेका हुन् । एउटा रिपोर्टका अनुसार अख्तरले कंगनाले दिएको एउटा अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । जावेद अख्तरले आफुलाई घर बोलाएर धम्काएको र रितिक रोशनसंग माफि माग्नका लागि भनेको कंगनाले दावी गरेकी थिइन् । उक्त रिर्पोटका अनुसार जावेद अख्तरले कंगनालाई कुनै किसिमको धम्कि नदिएको कुरा लेखिएको छ । अहिले उक्त मुद्दा अदालतसम्म पुगिसकेको छ भने जावेद अख्तर लामो लडाईं लड्नको लागि तयार छन् । जावेद अख्तरले कंगनालाई धम्काएको कुरा अभिनेत्रीकी बहिनी र म्यानेजरले ट्वीट गरेका थिए । जावेद अख्तरले कंगनालाई घर बोलाएर धम्की दिएको र रितिक रोशनसंग माफी माग्न भनेको कुरा उनीहरुले आफ्नो ट्वीटमा लेखेका छन् । महेश भट्टको फिल्म ‘सुसाइड बम्बर’ को भुमिका निभाउन अस्वीकार गरेकोले महेश भट्टले कंगनालाई चप्पल हानेका थिए । कंगनाविरुद्ध अक्टोबरमा कर्नाटकको तुमकुरमा पनि मुद्दा दर्ता भएको थियो । कंगनामाथि किसानहरुलाई अपमानको आरोप लागेको थियो । त्यसपछि उनी विरुद्ध मुम्बईमा दुईवटा मुद्दा दर्ता भएको थियो । जसमा कंगनाले धर्मको आधारमा घृणा फैलाउने र अदालतको अपमान गरेको आरोप लागेको थियो ।