अलग बाटोमा किम र कान्ये

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७

अमेरिकी मोडल, टेलिभिजन प्रस्तुतकर्ता, व्यवसायी तथा सोशलाइट महिला किम कार्दशियनले आफ्ना श्रीमान् कान्ये वेस्टसंग सम्बन्ध विच्छेद गर्ने कुरा बाहिरिएको छ । केही समयदेखि दुबैबीचमा खटपट चलिरहेको छ । अहिले उनीहरु दुबै भिन्दै बस्छन् । एउटा खबरका अनुसार किम आफ्ना चार जना बच्चाहरुका साथमा लस एञ्जलसमा बसोबास गदैछिन् भने उनका श्रीमान् कान्ये वेस्ट अहिले आफ्नो फार्म हाउसमा बस्छन् । सुत्रका अनुसार किम स्वयंले कान्येसंग भिन्न हुने निर्णय लिएकी हुन् । किमले कान्येसंग सन् २०१४ मा विवाह गरेकी थिइन् । कान्येभन्दा पहिला पनि किमले दुई पटक विवाह गरिसकेकी थिइन् ।