सलमानका भाइविरुद्ध उजुरी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७

बृहन्मुम्बई नगर निगम (बीएमसी) ले अभिनेता सोहेल खान, उनका छोरा निर्वाण तथा उनका भाई तथा अभिनेता अरबाज खानका विरुद्ध कोभिड–१९ मापदण्डहरुलाई उल्लंघन गरेको आरोपमा उजुरी दर्ता गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार गत २५ डिसेम्बरका दिन उनीहरु दुबईबाट मुम्बई फर्किएका थिए । मुम्बई अवतरण गरेपछि उनीहरु एउटा होटलमा क्वारेन्टिन हुनु पर्ने थियो । यद्यपि, उनीहरु होटलमा नबसेर आफ्नो घर गएका थिए । उनीहरुविरुद्ध के कारवाही हुने भन्ने बारेमा भने केही बताइएको छैन ।