रबि बाबु कार्कीको ‘भडास’ 

म्युजिक भिडियो सहित 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७७
“अब त केही सोच दिमागमा झिर‌ घोच
      पार्टी पार्टी नभनी नेपाली बनि खोज
           कहाँ पुराए देश कालापानीको केश
               गर्लान त सक्न फेस
                   गौतम बुद्ध हाम्रै छन् कि गै सके विदेश
                       देशलाई ठेस पुर्याउनेलाई पुर्याउनु पर्छ ठेस”
अष्ट्रेलियाको सिड्नीमा रहेर ब्यबसायमा रम्दै गरेका रबि बाबु कार्कीले आफ्नै स्वरमा म्युजिक भिडियो सहितको रयाप गित हालै सार्बजनिक गरेका छन् । ब्यबसायको आलावा ब्याम र फिटनेसमा पनि उत्तकै चाख राख्ने रबिले नेपालमा देखिएका बिकृति विसंगतिहरु लाई आफ्नो यस रयाप मार्फत शसक्त प्रस्तुत गरेका छन् ।
आफ्नै शब्द स्वर र संगीतको यस गितमा रबि आफैले अभिनय समेत गरेका छन्।  यस गीतको म्युजिक भिडियो को निर्देशन एजेआर फिल्म्सका अदित्य जे रानाले गरेका हुन् भने यसमा बिट प्रडक्सन रागभ र मिक्स्ड र मास्टर्ड शरद घिमिरेको हो।  व्यसायमा रम्दै र व्यस्त रहदै गर्दा पनि देश बिग्रेको, नेताहरु ले देश बिगारेको र युवा हरु तिनै नेताको स्वार्थ पूर्तिको लागि गोटी बनिरहेको देख्दा मन उद्देलित हुँदा मनमा खेलेका विचार हरु लाई संगीत भर्दै गर्दा यो रुपमा प्रस्तुत भएकोमा रबि बाबु कार्कीले प्रसन्नता व्यक्त गरे। सार्बजनिक भएको छोटो समय मै यति धेरै संख्यामा यसको भ्युज बढेको र आफुलाई धेरैले बिभिन्न माध्यामबाट फिड ब्याक दिनु भएको मा पनि रबि उत्साहित हुदै रविले सबैलाई धन्यवाद व्यक्त गरे।
गीत/म्युजिक भिडियोको लागि-