अनलाइनबाटै नीफ अवार्ड

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आईरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब ‘नीफ’ को चौथो संस्करण अनलाइन हुने भएको छ । प्रतिष्ठानले दुई महिनाअघि नै आयोजना गर्नु पर्ने यो महोत्सव यसपटक यही मे ६ देखि अनलाइनाबटै आयोजना हुने भएको छ । यसका साथै महोत्सवका चलचित्रहरु भने नेटटिभीबाट प्रसारण हुने निर्णय भएको महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी गराउनु भएको छ । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृती’ को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ । कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । यसैगरी, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिने छ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ ।

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...

भक्तपुर– ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको...

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो । त्यो व्याण्ड...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...