सेप्टेम्बरमा एमालेको विधान महाधिवेशन
(फाइल फोटो)
काठमाडौं– नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले आगामी सेप्टेम्बर १२ र १३ (भदौ २७ र २८ गते) काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ ।
राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र सङ्गठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको प्रवक्ता प्रदीप ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले पार्टीका नेता रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।
सो प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय कमिटी बैठक आगामी साता बस्ने भएको छ । बैठकले असोजको पहिलो साता देशभरका सबै वडामा वडा अधिवेशन र दोस्रो साता सबै पालिकामा पालिका कमिटी अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले दार्चुलामा महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध जनाउँदै सो घटनाका सत्यतथ्य प्रस्तुत गर्न, भारतीय पक्षसँग जानकारी माग्न, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गरेको छ ।
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
En promedio, basado en Internet personas que se citan gastan simplemente...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...