नेपाल-भारतबीचको फुटबल खेल बराबरीमा टुंगियो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८

काठमाडौं- नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको छ ।

मैत्रीपूर्ण फुटबल स्पर्धा अन्तगर्तको पहिलो खेलमा नेपालले सुरुवाती अग्रता बनाएपनि भारतले खेलमा फर्किदै गोल गरेपछि १–१ को बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभयो ।

अनिरुद्ध थापाले ६० औं मिनेटमा गोल फर्काउँदा भारतले खेलमा वापसी गरेको थियो ।

उक्त गोल नै खेलको अन्तिम गोल रहन गयो ।