शिवबाबा संग बच्चा बनाइदिन सरिताको बन्दना 

(भिडियो सहित)
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज २२, २०७८

संगीत त्यसमा पनि आध्यात्म संग जोडिएको संगीतले सबैको मन छुन्छ, मनै आनन्दित हुन्छ । यस्तै मन आनन्दित हुने भक्ति भाव सहितको सिर्जना युट्युब मार्फत सबै माझ लिएर आएकी छन् सरिता निरौला । अष्ट्रेलियाको एडेलेडमा बस्ने सरिता नाम जस्तै भक्ति संगीत, योग, साधना र ध्यानमा मस्त हुन्छिन, मानव मस्तिष्कका धेरै नकारात्मक सोचहरु लाई बिसर्जन गर्नका लागि यी आयामहरु महत्वपूर्ण हुने मान्यता राख्छिन ।  यसरि आफैले अनुभब गरेका भक्तिभावहरु लाई आफ्नै शब्द र स्वरमा लिपिबद्द गर्दै “मलाई पनि बच्चा बनाउन शिवबाबा” भन्ने बोलको भक्ति गित मिठो संगीतमा म्युजिक भिडियो सहित सबैको लागि  सरिताले उपलब्ध गराएकी छन् ।  आफ्नो यो पहिलो प्रयास हो, यो ब्यबसायिक भन्दा पनि मनको सृजना र ईश्वर प्रतिको निकटता हो भन्ने सरिताले आफ्नो यो प्रयासलाई हेरेर सुनेर आफुलाई प्रतिक्रिया दिन अनुरोध गरेकी छन् । उनकोको यो प्रयासलाई दिलिप थापाले भिडियो इडीटमा, भीएम साउण्ड एडेलेडले स्टिडियो उपलब्ध गराएर र बिके जोर्ज एडवार्ड, आरसी थापा, बिके डामिन आउटट्रिम र बिके सितलले बिभिन्न किसिमले सहयोग पुराएकोमा सरिताले सबैलाई धन्यवाद व्यक्त गरेकी छन्।

गीत/भिडियोको लागि: