एडेलेडको नमस्ते सुपरमार्केट उत्कृष्ट व्यवसायको रुपमा सम्मानित 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, अशोज २३, २०७८
दक्षिण अष्ट्रेलियाको सालिसबरीमा बिगत छ बर्ष देखि संचालनमा रहेको ‘नमस्ते सुपरमार्केट”  नेपाली व्यवसायले स्थानीय स्तरमा व्यवसायीहरु लाई प्रदान गरिने उत्कृष्ट व्यवसाय अवार्ड जित्न सफल भएको छ । सालिसबारी बिजनेस एसोसिएसनद्धारा प्रदान गरिने बिभिन्न अवार्ड मध्ये नमस्ते सुपरमार्केट ब्यवसाय अवार्डबाट सम्मानित भएको यस व्यवसायका सञ्चालकद्धय सुवास निरौला र शिव पोखरेलले जनाकारी दिएका छन् । नेपालीहरु का साथै नेपाली भाषी भुटानीहरु को बाक्लो बसोबास रहेको उक्त स्थानमा ब्यवसायको माध्यमबाट समुदयमा पुराएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएकोमा नेपाली समुदाय नै खुशी भएको स्थानिय उपभोक्ताले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए।
   
साना उद्योग तथा ब्यवसायलाई प्रोत्साहन र कदर गर्दै बर्षेनी बिभिन्न बिधामा स्थानीय काउन्सिलले पुरस्कृत गर्दै आइरहेको मा बिगत ५ बर्ष देखि लगातर आफुहरु ले ब्यवसायिक अवार्ड पाउदै आइरहेको पनि नमस्ते सुपरमार्केटका सञ्चालक मध्येका शिव पोखरेलले बताए ।  यस सम्मानले अझ लगावका साथ व्यवसायमा लाग्ने प्रेरणा मिलेको र अझै ब्यबसायिक बन्दै समुदायमा गुणस्तरीय सेवा दिदै जाने पनि उनले प्रतिबद्दता बयक्त गरे ।  ब्यबसायले यस क्षेत्रमा रहेका नेपालीलाई आवश्यक पर्ने खाद्यान्न, नेपाली मरमसला, सागसब्जी, मनी ट्रान्सफरका साथै नेपाली परम्परागत भाँडाकुँडा, गरगहना र लत्ताकपडा समेत आफनो पसलबाट बिक्री गर्दै आएको  छ । साथै दशैंतिहार तीज जस्ता चाडपर्वलाई लक्षित गरेर अन्य आवश्यक सबै सामाग्रीहरु समेत बिक्रिी गर्ने र करिब ८/१० जनालाई पनि यस ब्यबसायले रोजगारी दिदै आएको छ । आफुहरुले व्यवसाय मात्र गरेको नभई अष्ट्रेलिया जस्तो बहुसांस्कृतिक देशमा आफ्नो देशको कलासंस्कृती र परम्परालाई व्यवसायको मार्फत जर्गेना गरिरहेको पनि पोखरेलले  द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए ।