नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, अशोज २७, २०७८

काठमाडौं– नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ ।

माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

राउण्ड रोबिन लिगअन्तर्गतको बुधवारको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो ।

मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए ।

नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

फाइनल खेल आगामी शनिबार राति हुनेछ ।