२४ घण्टामा थपिए ९ सय ५७ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७८

काठमाडौं– नेपालमा कोरोना भाइरसका ९ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो दशैंपछि प्रतिदिन संक्रमित हुनेहरुको सबैभन्दा बढी संख्या हो ।

पछिल्लो २४ घण्टामा ८ हजार १ सय ४० जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तो यो अवधिमा १७ सय ७६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै यो अवधिमा १२ जना संक्रमितको दुखद निधन भएको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय १५ छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १ लाख ६३ हजार २६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।