१८औँ हस्तकला मेला सम्पन्न
काठमाडौं– १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासङ्घद्वारा काठमाडौँको ह्यात होटेलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको हो । कार्यक्रमको समापनमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली हस्तकलाको विदेशमा राम्रो माग भएको भन्दै हस्तकला क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लाग्ने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले यस्ता मेलाले नेपाली हस्तकलाको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले निर्यात व्यापार र रोजगारी सिर्जनाका साथै देशको कलासंस्कृतिको संरक्षण संवद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका उपाध्यक्ष एवम् मेलाका संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताउनु भयो । उक्त अवसरमा १६औँ कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो । नेचुरल फाइवरतर्फ दाङकी सुनिताकुमारी चौधरी प्रथम, पुनम महर्जन द्वितीय र आशा माया महर्जन तृतीय हुनुभएको छ । यस्तै, परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय हुनुभएको छ । मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए । उक्त अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान समेत गरिएको थियो ।
काठमाडौं– यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज चैत १५ गते बिहीवारदेखि...
काठमाडौँ- बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने...
सिड्नी– अष्ट्रेलियाले यसै हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने...
काठमाडौं– नेपाल प्रहरीले सम्पर्कविहीन् भएका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन...
काठमाडौं– नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । आयरल्याण्ड...
सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा अनबरत लागि रहेकी...
काठमाडौं– यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज चैत १५ गते बिहीवारदेखि...
काठमाडौँ- बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने...
सिड्नी– अष्ट्रेलियाले यसै हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने...
काठमाडौं– नेपाल प्रहरीले सम्पर्कविहीन् भएका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन...