सत्य कुरा : वैज्ञानिक समाजवादलाई निम्तो

नेपाली काँग्रेस र नेकपा (एमाले) दुवै पार्टी महाधिवेशनको सँघारमा छन् । एमालेले त विधान महाधिवेशन गराइसकेकोले अब चितवनमा हुने महाधिवेशनमा नेतृत्व चयन मात्र गर्नेछ । काँग्रेस महाधिवेशनमा यसै पनि विचारको बादविवाद विरलै हुने गर्छ । पक्का छ, संविधानलाई नै चुनौती दिएर, निर्वाचन आयोगलाई प्रभावमा पारेर महाधिवेशन मिति सार्दै आएको यस पार्टीले फेरि पनि महाधिवेशन मिति सारेन भने पनि त्यहाँ नेतृत्वको खिचातानी र रुवावासी बाहेक उल्लेख्य केही हुने देखिन्न । तर, दुवै पार्टीले विचारको अग्रगमनलाई ठाउँ दिनेभन्दा रुढतालाई नै कायम राख्ने पक्का छ । अर्थात् ठूलै उथलपुथल केही भएन भने फेरि पनि काँग्रेसमा शेरबहादुर देउवा र एमालेमा केपी ओली नै नेतृत्वमा आउने कुरा घोषित हुन मात्र बाँकी छ ।
ओलीपथ
जिद्दी, घमण्ड, आत्मश्लाघा र भष्मासुर प्रवृत्ति ओलीपथका खास विशेषता हुन् । मिथकका पात्र भष्मासुरले एकपल्ट महादेवबाट अनौठो वरदान पाएका थिए । उनले आफ्नो हात जसको टाउकामा राख्छन्, त्यो भष्म हुने वरदान पाएका थिए । महादेवबाट वरदान फुस्काउनु के थियो, उनी महादेवलाई नै भष्म पार्नलाई खेद्न थाले । महादेव भाग्दै गए, भष्मासुर लखेट्दै गए । यो थाहा पाएर विष्णुले परम सुन्दरीको रूप धारण गरी भष्मासुरलाई खै गरिन् । ‘महादेवले दिएको वरदान नै लाग्दैन । तिमी किन मुर्ख बनेर उनलाई लखेटिरहेछौ ? पत्याउँदैनौ भने आफ्नै टाउकामा हात राखी हेर,’ सुन्दरी रूपधारी विष्णुले भने । सुन्दरीको कुरा सुनेर भष्मासुरलाई महादेवले आफूलाई मुर्ख बनाएको हो कि जस्तो लाग्यो । उनले आफ्नै टाउकामा हात राखे र आफै खरानी भए । मति भ्रष्ट भएपछि महादेवबाट पाएको यो अनुपम वरदान उनकै लागि आत्मघाती भयो । सदुपयोग गर्न जानेका भए उनका लागि यो वरदान अत्यन्त फलदायी हुन सक्थ्यो ।
ओलीले दुई पल्ट प्रतिनिधि सभा विघटन गर्नु र संसद्लाई छलेर दुवै पल्ट राजनीतिक दल विभाजनको अध्यादेश ल्याउनु आफूले पाएको वरदान दुरुपयोग गर्दा भष्मासुर खरानी भएजस्तै आत्मघाती थियो । पहिलो कुरा त, ओलीले नेकपा (एमाओवादी) सँग ०७४ सालको आम निर्वाचनमा तालमेल गर्ने मनसायमै खोट थियो । त्यो विशुद्ध वाम तालमेलभन्दा बढी नेपाली काँग्रेसलाई धुलो चटाउने नियतले प्रेरित थियो । उसै पनि तत्कालीन एमाओवादी आफ्नो परिवर्तनकारी एजेन्डाबाट निरन्तर च्युत भएर र शक्ति क्षय हुँदै गएर निरपेक्ष सत्ता आकांक्षीमा सीमित हुँदै गएको थियो । उसको यही मनोविज्ञानलाई पक्रेर काँग्रेसले पेसागत संगठनदेखि स्थानीय चुनावसम्म ऊसँग गठजोड गरेको थियो । एमाले र खासगरी ओलीलाई सबैभन्दा बिझेको कुरा चाहिँ भरतपुर महानगरपालिकाको चुनावमा गणना भइरहेको मतपत्र च्यात्न लगाई धाँदली गरेरै देवी ज्ञवालीलाई हराएको र प्रचण्ड पुत्री रेणु दाहाललाई जिताएको बदनियतपूर्ण घटना थियो । त्यसमा काँग्रेसले निर्णायक भूमिका खेलेको थियो । काँग्रेससँग त्यसैको प्रतिशोध लिन ओलीले माओवादीलाई चालीस प्रतिशत भाग दिएर चुनावी तालमेलको हात बढाएका थिए । (त्यही चुनावमा काँग्रेसले भने उसलाई तीस प्रतिशत भाग दिने प्रस्ताव राखेको थियो ।) एमाओवादी नेतृत्वले पार्टीभित्र छलफलै नगरी एक कदम अघि बढेर पार्टी एकता नै गर्ने प्रस्ताव अघि सार्यो । नभन्दै ओली आफ्नो मिसनमा सफल भए । त्यसमा तत्काल उनको राष्ट्रवादी छविले महत्वपूर्ण भूमिका खेलेको थियो । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो पल्ट प्रधानमन्त्री हुँदा ओलीले गरेको भारतको नाकाबन्दीको प्रतिरोध र चीनसँग पारवहन सन्धिले उनको व्यक्तित्व कतिसम्म लोकप्रिय भएको थियो भने अन्य पार्टीका साधारण कार्यकतादेखि सर्वसाधारणसम्म ‘देशमा नेता भन्नलायक कोही छ भने ओली मात्र हुन्’ भन्न थालेका थिए । त्यसकै परिणाम स्वरूप एमाले एक्लैले प्रतिनिधि सभामा १२१ सिट जित्यो भने छ वटा प्रदेशमा पनि ऊ नै सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो । काँग्रेस प्रत्यक्ष निर्वाचनमा २१ सिटमा सीमित भयो । समानुपातिक निर्वाचनको सबैभन्दा ठूलो विरोधी काँग्रेस त्यही निर्वाचनको माध्यमबाट ६१ सिट जिती दोस्रो ठूलो पार्टी बन्न सफल भयो भने माओवादीले ४९ सिट हासिल ग¥यो । एमाले र एमाओवादीको गरी यो गठबन्धन दुई तिहाइ बहुमतको नजिक पुग्यो । पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने सुविधाजनक स्थितिमा ऊ पुगेको थियो । त्यतिले नपुगेर जसपालगायत अरू सानातिना दललाई समेत सरकारमा भाग दिएर इतिहासकै सबैभन्दा बलियो सरकार हाँक्ने महत्वाकांक्षा ओलीमा पलायो । गठबन्धनका क्रममा ओली र प्रचण्डबीच आधा आधा समय प्रधानमन्त्री खाने गोप्य सम्झौता भएको रहेछ जुन पछि सार्वजनिक भयो । सत्ता उन्मादमा ओलीले विवेक आँखा पूरै बन्द गरे । आफ्नै गठबन्धनका पार्टीहरूलाई चिढाउँदै, आफ्नै सहकर्मी माधव नेपाल र प्रचण्डलाई हियाउँदै जाँदा त्यस्तो सुविधाजनक बहुमत टिकाउन नसकेर ओली प्रतिपक्षमा सीमित हुन पुगेको घटना इतिहासकै लागि नौलो होला ।
तत्कालीन प्रधानमन्त्री ओली पार्टी अध्यक्ष थिए । प्रचण्ड सहअध्यक्ष थिए तर उनको हैसियत उपाध्यक्षमा सीमित थियो । सत्ता छाड्न मनले नमान्दा पनि प्रचण्डलाई पार्टी नेतृत्व छाडेको भए पाँच वर्षसम्म ओली सरकार अकंटक रहन्थ्यो । ओली आफ्नो विकल्प कसैलाई देख्नेवाला थिएनन् । संसार ध्वस्त होस्, मतलव छैन तर म हुनुपर्छ, मैले भनेको कुरा लागू हुनैपर्छ भन्ने मनस्थितिमा उनी थिए । ०७७ फागुन २३ को सर्वोच्च अदालतको अविवेकी निर्णयले एमाले–एमाओवादीलाई ०७५ जेठ ३ अगाडि नै फर्काइदिएपछि एमालेभित्र माधव नेपाल समूह धरापमा प¥यो । त्यस स्थितिमा पनि ०७८ जेठ ८ अगाडि नै दसबुँदे सम्झौता गर्न तयार भएको भए ओली सरकार सहजै जोगिन्थ्यो र पार्टी विभाजनबाट पनि बच्थ्यो । तर, ओलीको शब्दकोशमा सम्झौता र समझदारी भन्ने शब्द ऐनमौकामा सधैँ गायब हुन्छ । त्यस बेला पनि त्यही भइदियो ।
पाँच दलीय गठबन्धन
ओलीले गरेको प्रतिनिधि सभाको दोस्रो विघटनलाई पनि उल्ट्याएर सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि पाँचदलीय गठबन्धन सरकारमा पुग्यो । ओलीले बहुमतको आडमा कति धेरै ज्यादती गरिसकेका थिए भने इतिहासमै सर्वाधिक अकर्मण्य सावित भइसकेका देउवा प्रधानमन्त्री हुँदा समेत मानिसहरूले खुसी मनाएका थिए । तर देउवा त उही पुरानै अकर्मण्यता र स्वेच्छारिताका पर्याय छँदै थिए । ८६ दिनसम्म उनले मन्त्रिमण्डल विस्तार गर्नै सकेनन् । जब गरे, पूरै सिस्टममाथि उनले आक्रमण गरेको सार्वजनिक भयो । उनलाई प्रधानमन्त्री नियुक्त गर्न दिइएको परमादेश त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सेटिङमा पो भएको रहेछ । त्यसको बदला उनले जबराका आफन्तलाई मन्त्री भाग दिने सम्झौता पो गरेका रहेछन् । ओलीले जबरालाई संवैधानिक परिषद्मा भाग दिएका थिए । देउवाले तीन कदम अघि बढेर कार्यपालिकामै भाग दिए । ओलीले संसद् अधिवेशन छलेर पार्टी केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुर्याउँदा पार्टी फुटाउन पाउने अध्यादेश ल्याएर जसपालाई फुटाउन खोजेका थिए । देउवाले पनि चलिरहेको संसद् अधिवेशन एकाएक बन्द गराएर, त्यसलाई २० प्रतिशतमा झारेर एमाले र जसपालाई विभाजित गरिदिए । यो ओलीपथको प्रतिकारमा आएको सरकारले ओलीपथलाई नै दिएको निरन्तरता थियो ।
देउवा प्रवृत्ति
‘कंशले चिताएपछि बितायो’ भनेझैँ देउवाले गर्छु भनेपछि गर्छन् । उनले चिताएको काम राम्रा हुन्छन् भन्ने छैन तर गर्छन् । संसदीय प्रजातन्त्रलाई जनसामान्यको नजरमा बदनाम गराउने काम उनैले गरे । विगतमा सत्ता टिकाउन उनले गरेका सांसद किनबेच, पजेरो संस्कृति, सांसदलाई आजीवन भत्ता, सुत्केरी भत्ता र ४८ जनासम्मको मन्त्रिमण्डल गठन गरेर उनले पुनस्र्थापित प्रजातन्त्रको हुर्मत लिएका थिए । माओवादीलाई जंगल धपाउन र नेपालको इतिहासमै बदनाम संकटकाल लगाउने काम उनैले गरे । उनकै कार्यकालमा लेखक कृष्ण सेन इच्छुक मारिए । यही दुःसाहसले गर्दा पार्टी निर्णयविरुद्ध संकटकाल थप्दा गिरिजाप्रसादले उनलाई पार्टी निकाला गरे । त्यसविरुद्ध देउवाले २०५९ मा पार्टी फुटाए । २०६१ जेठमा राजाले पुनस्र्थापना गर्दा आन्दोलनको माग लत्याएर सत्ताका लागि जे पनि गर्छन् भन्ने फेरि एकपल्ट प्रमाणित गरेका थिए । अहिले प्रधानमन्त्रीसँग उनको सेटिङ त्यसैको निरन्तरता हो ।
अन्त्यमा
सुरु ओलीले गरेका थिए, सिस्टमलाई ध्वस्त पार्ने चाहिँ देउवा भए । सारा राजनीति बिथोलिए पनि न्यायालयले उचित निर्णय दिएर त्यसलाई लिकमा ल्याउने काम गर्छ । तर, न्यायालय नै यसरी बिथोलिएपछि सिस्टम धरापमा पर्छ । अहिले त्यही भएको छ । यो संसदीय प्रजातन्त्र नै धराप परेको चरम स्थिति हो । खासमा वैज्ञानिक समाजवादलाई समयले दिएको यो प्रत्यक्ष निम्तो हो । हरेक निर्णय समुदायले गर्ने र प्रतिनिधिले त्यसलाई लागू मात्र गर्ने, प्रतिनिधि भ्रष्ट भए सजिलै उसलाई फिर्ता बोलाउने व्यवस्थाको वकालत गर्नेहरूले चाहने हो भने अब जनतालाई विश्वासमा लिई सत्ता हातमा लिनुपर्ने हो । यो उसका लागि आफ्नो विचार लागू गरेर देखाउने सबैभन्दा उपयुक्त अवसर हो । दुःखको कुरा ! यहाँ त्यस्तो चिन्तन गर्नेहरू प्रशस्त छन्, त्यसलाई लागू गर्न आँट र हिम्मत भएको शानदार नेतृत्व छैन ।
तधष्ततभच२बखबथबकजचभकतजब

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...