गोल्डकोष्टमा समेत हाउसफुल भयो ड्रिम्स

-- NTA REP. / प्रकाशित मिति : आइतवार, जेष्ठ ९, २०७३

DREAMSपछिल्लो समयका चर्चित नायक अनमोल केसीले अभिनय गरेको चलचित्र ड्रिम्सलाई ब्रिसबेनको शहर गोल्डकोष्टमा समेत अत्यन्तै पन पराइएको छ ।
ओजनेप इन्टरटेनमेन्टले ल्याएको उक्त चलचित्रलाई ब्रिसबनको सानो शहर भएपनि उत्साहका साथ हेरिएको थियो । आयोजक संस्थाका किशोर तिवारीका अनुसार विस्तारै नेपाली समुदाय बढ्दै गएको सानो शहर भएपनि ड्रिम्स चलचित्र अत्यन्तै सफल भएको थियो । उक्त चलचित्र हेर्नलाई उक्त क्षेत्रमा रहेका युवायुवतीहरु मात्र नभएर बृद्धबृद्धा र बालबालिकाहरु समेत हलसम्म आएका थिए ।

१ सय बढी दर्शकहरुको उपस्थिती रहेको उक्त चलचित्र अष्ट्रेलिया फेयर इभेन्ट सिनेमा देखाइएको थियो । चलचित्र प्रदर्शनका लागि भुवन केसी र अनमोल केसी अष्ट्रेलिया आएका भएपनि उनीहरु भने उक्त प्रदर्शनीमा उपस्थित भएका थिएनन् । नेपाली चलचित्र र कला संस्कृतीलाई प्रवद्र्धन गर्नका लागि ५ जना युवाहरुको स्थापना गरेको ओजनेप इन्टरटेनमेन्टले नेपाली चलचित्रहरुलाई प्रर्दशन गर्ने र नेपाली कलाकारहरुको DREAMS 1कार्यक्रमहरु प्रस्तुत गर्ने लगायतका बिभिन्न कार्यक्रमहरु गर्ने लक्ष्य लिएको संस्थाका सदस्य सुमन थापाले जानकारी दिए ।