कोभिड पछि पर्न सक्ने मानसिक स्वास्थबारे सिड्नीमा कार्यक्रम
नेपालीहरु बाक्लो बस्ति रहेको सिड्नीको इन्गलवनमा आयोजित उक्त कार्यक्रममा कोभिड १९ ले जनजीवनमा नराम्रो संग प्रभावित पारेको भन्दै त्यसले मानसिक रुपमा निकै असर पारेको सहभागिहरुले बताए । कार्यक्रममा यस्ता बिबिध समस्या न्यूनीकरणका लागि सहभागीहरु बाट बिबिध उन्मुक्तिका उपायबारे कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा रिकभरी कलेजको तर्फबाट मानसिक स्वास्थ्य सम्बन्धि आना बकिंगहाम र सिन्थिया वेभले कार्यपत्र प्रस्तुत गरेकी थिइन । यस्तै अष्टलेयीन सरकारको पछिल्लो कर नीतिको विषयमा विलियम जुले कार्यपत्र प्रस्तुत गरेका थिए भने व्यापार व्यावसाय विकास प्रर्बद्धन सम्बन्धी कार्यपत्र क्रिस्टोफर मोनीले प्रस्तुत गरेका थिइन । यस्तै प्रहरी र सुमदाय सुरक्षाको सम्बन्धमा प्रहरी अधिकृत पौल क्रिमरले कार्यपत्र प्रस्तुत गरेका थिए भने स्वस्थ्य जिवन शैलीको विषयमा योगागुरु भीमसेन सापकोटाले कार्यशाला तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तोताहरूले मानसिक स्थास्थ्य कायम राख्न खानपान तथा व्यायाममा ध्यान दिनु पर्ने उल्लेख गरेका थिए । यस्तै व्यपार व्यवसाय समेत कोभिडले चौपट्ट पारेको भन्दै उनीहरू ले कोबिड पछि कसरी पुरानै लयमा फर्किन सकिन्छ भन्ने विषयमा आआफ्नो योजना सुनाएका थिए ।
कार्यक्रम उद्घाटनमा मकारथर क्षेत्रका लिवरल पार्टीका संघीय निर्वाचनका उम्मेद्वार नेपाली मुलका अष्ट्रेलियन नागरिक विनोद पौडेलले नेपाली कम्युनिटीको हितका लागि यस्ता कार्यक्रमको आबश्यकता भएको भन्दै आफु निर्वाचित भए सघीय संसदमा कोबिडका कारणअन्य समुदाय जस्तै नेपाली समुदायमा पनिअसर परेको भन्दै संसदमा कुरा उठाउने बताए । कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सांसद एनालग चान्थीभोमले न्यु साउथ वेल्सका विभिन्न स्थानमा नेपाली समुदायको उपस्थिती रहेको भन्दै नेपाली समुदायले अष्ट्लीयाको सामाजिक कार्यमा सयहोग गरेको भन्दै प्रशंशा गरेका थिए ।
यस्तै क्यम्बेलटाउन सिटी काउन्सिलका मेयर जर्ज ग्रेसीसले आगामी दिनमा पनि नेपाली कम्युनिटीले समाजिक सेवा लगायतका विषयमा निरन्तरता दिने विश्वास व्यक्त गरे । कार्यक्रममा क्याम्डेन काउन्सीलकी मेयर टेरिस फेड्ली, लिभरपुलकी उपमेयर केरिसरोड्स, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंग, कोषाअध्यक्ष अनिल पोखरेल, साउथ वेस्ट नेप्लिज कम्युनिटीका संस्थापक अध्यक्ष डा. देवेन्द्र सापकोटा, महासचिव प्रेम शाह, मेगराज पौडेल, मुरारी लम्साल लगायतले संस्थाले कोबिडको समयमा उल्लेखनीय भुमिका खेलेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष सुदिप ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष चतुरभुज खरेलले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा रुपेन्देही सामाजिक संजालका पुर्व अध्यक्षहरु कृष्ण गैरे, इश्वर पोखरेल वर्तमान उपाध्यक्ष दिवाकर काफ्ले, चितवन समाजका संस्थापक अध्यक्ष सत्यप्रकाश कडेंल, साउथ वेस्ट नेप्लिज कम्युनिटीका पुर्व प्रवक्ता सुर्य खनाल , सचिव प्रज्वल भट्टराई, एनआरएनए नारी निकुञ्ज अष्टेलीयाकी कोषाअध्यक्ष जिप्सना पौडेल, एनआरएनएका न्यु साउथ वेल्स कार्यसमिति सदस्य संदिपअधिकारी, सामाजिक अगुवा दिपेश चिलवाल, प्रकाश पौड्ल, भरत नेपाल लगायतको सहभागिता रहेको थियो ।
सिड्नीको साउथ वेष्ट क्षेत्रमा कम्तीमा करिब दश हजार नेपाली वसोवास गर्ने अनुमान रहेको छ । साउथ वेष्ट नेपाली कम्यूनीटी सो क्षेत्रको सबैभन्दा ठुलो नेपाली सामुदायीक संस्था पनि हो । संस्थाले यस अगाडि कोभिडबाट संक्रमित भएर आइसोलेसनमा बसेका नेपालीहरु लाई खाना तथा सेनिटाइजरको लगायत अत्यावश्यक सामग्री वितरण गरेको थियो । यस्तै संस्थाले अध्यायनका लागि नेपालबाट अष्ट्रेलीया आएका विद्यार्थी तथा घुम्न आएका अभिभावकलाई निशुल्क स्वास्थ्य तथा कानुनी शिविर संचालन गर्ने, अष्ट्रेलीयमा आगलागीबाट पीडित भएका तथा बाढीका कारण घरबार गुमएका अष्टेलीयन नागरिकहरुलाई समेत सहयोग गर्ने जस्ता सराहनिय कार्यहरु गर्दै आइरहेको छ कार्यक्रममा एनआरएनए तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
साउथ वेष्ट नेप्लीज कम्यूनिटी सिड्नीकै आयोजनामा सो क्षेत्रमा पहिलो पटक आगामी अप्रिल ९ मा नेपाली नयां बर्षको शुभकामनाआदान प्रदान गर्ने उदेश्यले बनभोज तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने पनि बताएको छ । नेपाली संस्कृति जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा निःशुल्क प्रवेस सँगै सहभागिहरूलाई निःशुल्क दिवा खानाको व्यावस्था समेत रहेको संस्थाले जनाएको छ । लेपिंगटनको विलोडेल पार्कमा हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिसंगै बच्चा देखि वृद्ध सम्म लक्षित गर्दै पुरस्कारजन्य मनोरन्जनातमक प्रर्तिषपर्धा समेटिने आयोजक साउथ वेष्ट नेप्लीज कम्यूनीटि सिड्नीले जनाएको छ ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
Site Details: Kosten: $ 29.95 für a 1...
Getting started: tips about how to find a fuck buddy Finding a fuck...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
Leser Frage: ich bin fett plus es scheint sehr schwer...
Site Détails: Review Tout comme le examen nous...