दुई दशकअघिको लोकप्रिय गीतमा जोर्डन र अञ्जली
काठमाडौं– पप गायक सञ्जय किशोर श्रेष्ठ झण्डै दुई दशकअघिको लोकप्रिय गीत ‘धेरै भो किन तिमी आउँदैनौ’ को नयाँ भर्सनमार्फत सांगीतिक क्षेत्रमा पुनरागमन गर्दैछन् । सन् २००४ मा सार्वजनिक भएको ‘बजेट २००४ः इमोशन’ एल्बममा समावेश यो गीत अब नयाँ एरेञ्जमेन्टसहित पुनः दर्शक तथा स्रोतामाझ आउने भएको छ । गायक सञ्जय किशोरकै स्वरमा हालै रेकर्ड गरिएको यो गीतको म्युजिक भिडियो यही शनिवार बिहान १० बजे प्रिमियर गरिंदैछ । ओएसआर म्युजिकको यूट्युबबाट सार्वजनिक हुने उक्त भिडियोलाई भूमिका देवानले निर्माण गरेकी हुन् ।
अघिल्लो साता काठमाडौंका विभिन्न रमणीय लोकेशनमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई स्थापिन निर्देशक सोनम पाख्रिनले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता तथा मोडल जोर्डन राजभण्डारी तथा अभिनेत्री अञ्जली अधिकारीका साथमा राम भण्डारी, किरण कुमार शर्मा, जयराम बर्मा, ममता दाहाल, गीता थापा आदि कलाकारले अभिनय गरेका छन् । शैशव किशोर श्रेष्ठ यो गीतको अडियो निर्माता हुन् । भिडियोमा निसल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ । गायक सञ्जय किशोरले यही गीतलाई पुनः एरेञ्ज तथा रेकर्ड गरेर ल्याउने कारण खुलाउँदै कलाकर्मीसंग भनेका छन्– ‘यो गीत सन् २००४ मै सार्वजनिक भएर त्यही बेला लोकप्रिय भएको थियो । बजेट २००४ शीर्षकको कलेक्सन एल्बममा यो गीत समावेश थियो । मैले मेरो सोलो एल्बममा पनि समावेश गरेको थिएँ ।’
‘अहिले यसलाई अनप्लग्ड शैलीमा गाएको छ, सारंगी, गिटार तथा किबोर्डहरु खेलाइएको छ, गायक श्रेष्ठ भन्छन्– ‘म मेरो भाइ शैशव किशोर श्रेष्ठका कारणले म यो गीतको नयाँ भर्सन ल्याउन तयार भएको हुँ । उसको दिमागमा एरेञ्जको कन्सेप्ट आएपछि म प्रभावित भएँ ।’
गायक सञ्जय किशोरका अनुसार रि–एरेञ्ज तथा रि–रेकर्डपछि गीत थप कर्णप्रिय तथा आकर्षक बनेको छ । भिडियोका निर्देशक सोनाम पाख्रिनका अनुसार भिडियोमा एउटा कथालाई चित्रण गरिएको छ । उनी यसलाई म्युजिक सर्ट मुभि समेत भन्न रुचाउँछन् । ‘पहिला नै लोकप्रिय भैसकेको गीतको भिडियो बनाउन निर्देशकलाई जहिले पनि चुनौती हुन्छ, निर्देशक पाख्रिन भन्छन्– ‘मैले त्यो चुनौती मोल्दै भिडियोलाई आकर्षक बनाउने सक्दो प्रयास गरेको छु ।’
भिडियोमा अभिनय गर्ने मोडल तथा अभिनेता जोर्डन राजभण्डारीले पनि भिडियोमा सक्दो मेहनत गरेको बताएका छन् । उनले अभिनेत्री अञ्जली अधिकारीसंग पहिलो पटक अनस्क्रिन रोमान्स गरेका छन् । भिडियो निर्मात्री भूमिका देवान आफूलाई मन पर्ने गीत पुनः नयाँ स्वरुपमा आउने भएपछि आफूले यसलाई निर्माण गर्ने योजना बनाएको सुनाउँछिन् । ‘मलाई यो गीत असाध्यै मनपर्छ । यही गीत पुनः नयाँ शैलीमा आउने भएपछि म यसमा निर्मात्रीको रुपमा आवद्ध भएकी हुँ, देवानले सुनाइन् । देवानले यसअघि गायक यम बरालको अझ वर वर आउ गीतको भिडियो निर्माण गरेकी थिइन् ।
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत निकालेको छ । सोमवार...
काठमाडौं- इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू...
Site Details: Kosten: $ 29.95 für a 1...
Getting started: tips about how to find a fuck buddy Finding a fuck...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
Leser Frage: ich bin fett plus es scheint sehr schwer...
Site Détails: Review Tout comme le examen nous...