गायक सञ्जय किशोर ‘धेरै भो…’ मा जोर्डन र अञ्जलीको भावुक अभिनय
काठमाडौं– दुई दशकअघि नै पप गीतहरु गाएर दर्शक तथा स्रोताको मन जित्न सफल पप गायक सञ्जय किशोर श्रेष्ठले आफ्नै एउटा पुरानो लोकप्रिय गीतको नयाँ भर्सन शनिवार काठमाडौंमा सार्वजनिक गरेका छन् ।
झण्डै १८ वर्षअघि लोकप्रिय भएको पप गीत ‘धेरै भो किन तिमी आउँदैनौ…’ लाई रि–एरेञ्ज तथा रि–रेकर्ड गर्दै गायक सञ्जय किशोरले नयाँ म्युजिक भिडियोमार्फत सार्वजनिक गरेका हुन् । शैशव किशोर श्रेष्ठ यो गीतको अडियो निर्माता हुन् ।
यो गीतमा संगीतकर्मी जेम्स प्रधानको शब्द तथा संगीत समावेश छ । संगीतकर्मी प्रधानकै अनुमति लिएर गायक श्रेष्ठले यो गीतलाई पुनः रेकर्ड गरेको शनिवार काठमाडौंमा आयोजित प्रिमियर शोमा जानकारी गराए ।
धुम्बाराहिस्थित छाप्रो रेष्ट्रोमा आयोजित एउटा सांगीतिक समारोहमा गायक सञ्जय किशोरले ‘धेरै भो…’ प्रत्यक्ष गाउँदा संगीतकर्मीहरु दीप श्रेष्ठ, सञ्जय श्रेष्ठ, यम बराल, बबिन प्रधान, जेम्स प्रधान, कबिन्द्र श्रेष्ठ आदिले गीतको मुक्तकण्ठले प्रसंसा गरे ।
गीतको म्युजिक भिडियो हेरेपछि वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले रि–रेकर्ड गर्दा वास्तविक गीतको मर्मलाई जिवित राखेकोमा गायक सञ्जय किशोरलाई वधाइ दिँदै उनको शब्द उच्चारणमा भने केही अस्पष्ट रहेको प्रतिक्रिया दिए ।
गीतका गीतकार तथा संगीतकार जेम्स प्रधानले सन् २००४ मै लोकप्रिय भएको उक्त गीतलाई सञ्जय किशोरले न्याय गरेको प्रतिक्रिया दिए । ‘यो मलाई निकै मन परेको सिर्जनो हो, गायक प्रधानले भने– ‘यो गीत सञ्जय किशोरले भाग्यले पाएको हो ।’
यम बराल, सञ्जय श्रेष्ठ, बबिन प्रधान, अनिल स्थापित आदि संगीतकर्मीले पनि सञ्जय किशोरको प्रयासलाई सकारात्मक प्रतिक्रिया दिँदै सफलताको शुभकामना व्यक्त गरे ।
नयाँ रेकर्डिङ गरिएको गीतमा तुन्नाबेल थापाको संगीत संयोजन छ । गीतमा मनिष गन्धर्वको सारंगीवादनलाई समावेश गरिएको छ । सन् २००४ मा सार्वजनिक भएको ‘बजेट २००४ः इमोशन’ एल्बममा समावेश यो गीत नयाँ एरेञ्जमेन्टसहित पुनः दर्शक तथा स्रोतामाझ आएको हो ।
ओएसआर म्युजिकको यूट्युबबाट सार्वजनिक हुने उक्त भिडियोलाई भूमिका देवानले निर्माण गरेकी हुन् । काठमाडौंमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई स्थापिन निर्देशन सोनम पाख्रिनले निर्देशन गरेका छन् ।
भिडियोमा अभिनेता तथा मोडल जोर्डन राजभण्डारी तथा अभिनेत्री अञ्जली अधिकारीका साथमा राम भण्डारी, किरण कुमार शर्मा, जयराम बर्मा, ममता दाहाल, गीता थापा आदि कलाकारले अभिनय गरेका छन् ।
वियोगान्त कथा चित्रण गरिएको भिडियोमा अभिनेता जोर्डन राजभण्डारीले आकर्षक अभिनय गरेका छन् । उनले गम्भिर चरित्रलाई सहजताका साथ निर्वाह गरेका छन् । अभिनेत्री अञ्जली अधिकारीको अभिनयको हाउभाउ आकर्षक देखिन्छ । भिडियोमा निसल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ।
गायक सञ्जय किशोरले गीतको नयाँ संस्करणलाई अनप्लग्ड शैलीमा गाएको बताउँदै यसमा सारंगी, गिटार तथा किबोर्डहरु खेलाइएको स्पष्ट पारे । आफ्ना भाइ शैशव किशोर श्रेष्ठका कारणले आफू यो गीतको नयाँ भर्सन ल्याउन तयार भएको बताउँदै सञ्जय किशोरले रि–एरेञ्ज तथा रि–रेकर्डपछि गीत थप कर्णप्रिय तथा आकर्षक बनेको बताएका छन् ।
भूमिका देवान यो भिडियोकी निर्मात्री हुन् । आफूलाई मन पर्ने गीत पुनः नयाँ स्वरुपमा आउने भएपछि आफू यसको भिडियो निर्माण गर्न तयार भएको निर्मात्री देवानको भनाइ छ ।
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...