यस्तो छ गायक राज के गोस्वामीको ‘चाहिँदैन मलाई…’

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, जेष्ठ २, २०७९

काठमाडौं– गायक राज के गोस्वामीले बुद्ध जयन्तीको अवसर पारेर आफ्नो पृथक शैलीको नयाँ गीत ‘चाहिँदैन मलाई…’ दर्शक तथा स्रोतामाझ ल्याएका छन् । अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक गोस्वामीले हाल नेपालमै रहेको बेला गायक धर्मेन्द्र सेवानको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा स्वर दिएका हुन् । यो गीतलाई प्रज्वल लामाले संगीत संयोजन गरेका छन् ।

नेपाली टचको प्रस्तुतिमा तयार भएको यो गीतको म्युजिक भिडियोलाई गायक गोस्वामीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
भिडियो सार्वजनिक गर्दै गायक गोस्वामीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘संगीत मेरो लागि आत्म सन्तुष्टि हो । एउटा तृप्त हुने कृति प्रस्तुत गर्न पाउँदा आनन्दित छु ।’ ओस्कार बार एण्ड ग्रिलमा छायांकन गरिएको यो गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गरेका हुन् ।