को–को हुन्, विश्वका दश धनी क्रिकेटर ?

-- गोपाल छन्त्याल / प्रकाशित मिति : शुक्रबार, असार ३, २०७९

सिड्नी । क्रिकेट पछिल्लो समय लोकप्रिय खेल बन्दै गएको छ । यस्तो अवस्थामा धेरैलाई जिज्ञासा हुनसक्छ, क्रिकेटहरुले कति कमाउछन् ? आज हामी, यहि जिज्ञासा मेटाउन विश्वका दश धनी क्रिकेटरका बारेमा जानकारी दिनेछौँ ।

१०.दशौ नम्बरको धनी क्रिकेटर रहेका छन्, अष्ट्रेलियाका प्याट कमिन्स । तीब्र गतिका बलर प्याट कमिन्स, टेस्ट फरम्याटमा अष्टे«लियाका कप्तान समेत हुन् । टेस्ट कप्तान टिम पेनले राजीनामा दिएपछि ६ महिनाअघि देखि उनी कप्तान रहेका छन् । उनको कप्तानीमा अष्टे«लियाले चर्चित एसेस सिरिज र पाकिस्तान सिरिज जितेको थियो । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकत्ता राइटराईड्सबाट उनले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको किर्तिमान बनाएका थिए । उनी अष्ट्रेलियाका टेस्ट कप्तान भएपनि सबैखाले फरम्याटमा टिममा समावेश छन् । उनको अहिलेसम्म ४१ ीमलियन अमेरिकन डलर सम्पत्ति रहेको बताईएको छ ।

नम्बर ९ मा रहेका छन्, पाकिस्तानका शाहिद अफ्रिदी
खेल जीवनबाट सन्यास लिएपनि अफ्रिदी विश्वका धनी क्रिकेटरको सुचीमा अटाउन सफल भएका छन् । स्पिनको जादु र विस्फोटक व्याटिङका लागि विश्व चर्चित अफ्रिदीले गत संकस्करणको एभेरेष्ट प्रिमियर लिगमा समेत सहभागिता जनाएका थिए । उनको ४७ मिलियन अमेरिकन डलर सम्पत्ति रहेको छ ।

नम्बर ८, मा छन् अष्ट्रलियाका स्वर्गीय सेन वान । दुई महिनाअघि मात्रै ह्दयघातका कारण निधन भएका सेन वार्न क्रिकेट क्षेत्रमा छुट्टै र विशिष्ट नाम भएका खेलाडी थिए ।
अस्ट्रेलिया टिमका पूर्व अनुभवि लेग स्पिनर शेन वार्न विश्वका सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा अहिले पनि दोस्रो स्थानमा छन् । वार्नले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा १००० विकेट लिएका थिए उनीसँग ५० मिलियन सम्पत्ति रहेको थियौ ।

सातौ नम्बरमा छन्, सौरभ गाँगुली । भारतीय क्रिकेट बोर्डका वर्तमान अध्यक्ष सौरभ गाँगुली एक उत्कृष्ट व्याटर थिए । सक्रिय खेल जीवनबाट सन्यास लिएपछि क्रिकेट कमेन्ट्रीका प्रख्यात गाँगुलीको ५१ मिलियन अमेरिकी डलर सम्पत्ति रहेको बताईएको छ ।

छैटौँ नम्बरमा छन्, अष्ट्रेलियाका रिकी पोन्टिङ
रिकी पोन्टिङ एक उत्कृष्ट खेलाडीका साथै अष्ट्रेलियाका उत्कृष्ट कप्तान पनि हुन् । उनको कप्तानीमा अस्ट्रेलियाले लगातार २ पटक विश्वकपको उपाधि पनि जितेको छ ।अस्ट्रेलियाका लागि ५६० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पोन्टिङले २७ हजार ८२ रनको योगदान गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलिययाका लागि ७१ शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । उनको सत्तरी मिलियन सम्पत्ति रहेको बताईएको छ ।

पाँचौ नम्बरमा छन्, पाकिस्तानका इमरान खान
पाकिस्तानका प्रधानमन्त्री समेत भइसकेका इमरान खान विश्व प्रसिद्ध क्रिकेटर हुन्। उनकै कप्तानीमा १९९२ मा पाकिस्तानले विश्वकप जितेको थियो । उनको ७३ मिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ ।  भिडियो न्युजका लागि

चौथो स्थानमा भारतका महेन्द्रसिंह धोनी भारतीय टिमका पूर्व कप्तान तथा विकेटकिपर व्याटर महेन्द्रसिंह धोनी सफल कप्तान मध्यका एक हुन् । उनले भारतलाई टी २० र एक दिवसीय गरि २ वटा विश्वकप दिलाएका छन् । धोनी भारतका लागि आईसीसीका तीन टुर्नामेन्ट जित्ने पहिलो र एक मात्र कप्तान पनि हुन् । उनको ११३ मिलियन अमेरिकन डलर सम्पत्ति रहेको बताईएकौ छ ।

तेस्रो स्थानमा, भारतका विराट कोहली  । विश्व क्रिकेटमा अहिले सबैभन्दा चर्चित र उत्कृष्ट खेलाडी हुन् विराट कोहली चर्चित। कोहली हरेक फर्म्याटमा सफल पनि भएका छन् । कमाईको हिसाबले पनि कोहली अहिले चर्चित नै छन् । भारतीय र अन्य विदेशी कम्पनीहरुका पनि उनी अहिले ब्राण्ड एम्बासडर छन् । उनको सम्पत्ति १२७ मिलियन अमेरिकन डलर रहेको छ ।

दोश्रो स्थानमा छन्, भारतका सचिन तेन्दुलकर
विश्वकै धनी क्रिकेटरको दोश्रो स्थानमा छन्, सचिन तेन्दुलकर । अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार भन्दा धेरै रन र शतकको पनि शतक बनाउने सचिन विश्वकै एक मात्र खेलाडी हुन् । सचिन विज्ञापनबाटै १०० करोड कमाउने विश्वकै पहिलो क्रिकेट पनि हुन् । उनले भारतीय क्रिकेट बोर्डलाई ऋणबाट मुक्त बनाउन र विश्वकै धनी क्रिकेट बोर्ड बन्नका लागि बीसीसीआईलाई मद्दत गरेका थिए । उनको एकसय पचास मिलियन डलर सम्पत्ति रहेको छ ।

नम्बर १ मा छन्, अष्ट्रेलियाएडम गिलक्रिस्ट
अष्ट्रेलियाका पूर्व कप्तान, विकेटकिपर व्याटर तथा अहिलेका चर्चित कमेन्टेटर एडम गिलत्र्रिmस्टले विश्वका सबैभन्दा धनी क्रिकेटर बन्ने अवसर प्राप्त गरेका छन् । अष्टे«लियबाट ९६ टेस्टमा ५ हजार ५ सय तथा एकदिवसीयमा २ सय ८७ खेलबाट ९ हजार ९ सय २२ रन बताएका एडम समकालीन अवस्थामा विश्वका सवैभन्दा बढी माग भएको क्रिकेटर थिए । उनी अहिले अष्ट्रेलियाको फोक्स टिभीमा कमेन्टेटरका रुपमा आबद्ध छन् । उनको ३ सय ८० मिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ ।