निरु त्रिपाठीको शब्दमा मिलन नेवार र प्रताप दासको स्वर “साथी मेरो जीवन साथी”

भिडियो सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार २७, २०७९

लामो समयदेखि अष्ट्रेलिया मेलबर्नमा बसेर सँगीत तथा साहित्यमा कलम चलाइरहेकी पत्रकार, उपन्यासकार तथा गीतकार निरु त्रिपाठीले मिलन नेवार र प्रताप दासको आवाजमा “साथी मेरो जीवन साथी” बोलको म्युजिक भिडियो बजारमा ल्याएकी छिन्।
गीतमा प्रमोद पन्तको सङ्गीत र नारायण दङ्गालको एरेन्ज रहेको छ । गीतकार त्रिपाठी स्वयंले अभिनय गरेको यो म्युजिक भिडियोको निर्देशन केशव राज भट्टले  गरेका हुन् भने अभिनयमा मोडल बिकास लामिछानेले साथ दिएका छन् । म्युजिक भिडियो सम्पादन डिन्सन शाह र छायांकन बुद्ध थापाले गरेका हुन् । श्रीमान श्रीमती वीचमा हुने प्रेम र समर्पणको भाव रोमाञ्चक ढंगले देखाइएको गीतको भिडियो निरु त्रिपाठी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
केहि समय अघि गीतकार त्रिपाठीले आफ्नो पहिलो उपन्यास “पेरिस्कानो”  र त्यसको कथामा आधारित एउटा गीत पनि सार्वजनिक भएको थियो।
भिडियोको लागि: