बाग्लुंग समाज अस्ट्रेलियाको चौथो अधिबेशन सम्पन्न

बिकाश सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७९
नेपालको बाग्लुंग जिल्लाबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबशाय अध्यान र अध्यापन कार्य गर्दै अष्ट्रेलियालाई कर्मथलो बनाएका बाग्लुंगेहरु को साझा संस्था बाग्लुंग समाज अष्ट्रेलियाको चौथो अधिबेशन हालै सम्पन्न भएको छ।  अधिबेशनले  बिकाश सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
गत जुलाई २४ का दिन सिड्नीको एस्फिल्ड पार्कमा संस्थाका निबर्तमान अध्यक्ष स्व. टिका कार्की प्रति श्रद्दा सुमन अर्पण गर्दै मौन धारणबाट सुरु भएको उक्त अधिबेशनले अध्यक्षमा बिकाश सापकोटा, उपाध्यक्षमा दीपक अधिकारी, महासचिबमा सुमन बिस्ट, सचिबमा राजु के सी कोषाध्यक्षमा मनोज अधिकारी र सदस्यहरुमा शक्ति आचार्य, लक्ष्मी सापकोटा न्यूरे, सुमन कुँवर, रामु रेग्मी, श्याम कुँवर र राजु चापागाईलाई चयन गरेको छ।
संस्थाका निबर्तमान महासचिब दीपक अधिकारीले संचालन गरेको सो कार्यक्रममा संस्था अध्यक्ष रहदै स्व टिका कार्कीको दुखद निधन भए पछि  कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका बिकाश सापकोटाले संस्थाको बार्षिक गतिबिधि र आर्थिक बिबरण प्रस्तुत गरेका थिए ।
अधिबेशनमा संस्थाका बर्तमान र पूर्व पदाधिकारीहरु लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र ठुलो संख्यामा बाग्लुंगेहरु को उपस्थिति थियो।