गायक लम्सालकाे शब्द संगीत र स्वरमा “भाच कम्मर भाच” तीज गीत बजारमा

डान्सिङ्ग स्टार सिजन २ का टप काेरियाेग्राफर सराेज र शेखर सहितकाे धमकेदार प्रस्तुति
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७९

महिलाहरुको महान चाड हरितालिका तीजकाे अवसर पारेर लोक तथा दोहोरी गायक वसन्त लम्सालले तीज कोसेली “भाच कम्मर भाच” बोलको गीतकाे भिडियाे  सार्वजनिक गरेका छन् । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका पालीमा जन्मेका लम्सालको संगीत र लय रहेको उक्त गीतलाई विश्वास नेपालले एजेन्ज गरेका छन् । मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् । गीतमा गायक वसन्त लम्साल, सपना गाहा, लक्ष्मी पुन र लालुमाया पुन थापाको स्वर रहेको छ भने  सरोज पुर्जा  सुमन परियार, शेखर घर्ति लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सो गीत अग्रदरबार फिल्मस् प्रा.लि.को युवटुव च्यानल मार्फत बजारमा ल्याइएको छ ।

मोपसलको राजधानी बुटवललाई कर्म थलो बनाएका लम्सालले हाससम्म करिव एक दर्जन जति तीज गीत बजारमा ल्याएका छन भने ४० भन्दा बढी लोक तथा दोहोरी गीतहरु छन् ।

हेरौ भरखरै बजारमा आएको उनको तीज गीतको पूरा भिडियो ।