अष्ट्रेलियामा २८औ आदिबासी दिबस मनाइदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७९
सधैका बर्षहरुमा  जस्तै यो वर्ष पनि नेपाल आदिबासी जनजाति मंच अस्ट्रेलियाले  २८ औं अन्तराष्ट्रिय बिश्व आदिबासी दिवस बिबिध कार्यक्रम सहित मनाउदै छ । यस बर्षको अन्तराष्ट्रिय बिश्व आदिबासी दिवस The role of Indigenous women in the preservation and Transmission of Traditional Knowledge भन्ने थिममा नौ अगष्टका दिन बिश्वभर नै मनाइदै छ।
कार्यक्रममा लाइभ कल्चरल गित र नृत्य, परम्परागत खाना सहित राजवंशी, थारु, थकाली, नेवा, राइ, लिम्बु, शेर्पा, मगर, गुरुङ, छन्त्याल र तामाङ समुदायको  संस्कृतिक रहन सहन झल्कने बिबिध प्रस्तुति र प्रहसन रहनेछ।  उक्त कार्यक्रम अष्ट्रेलियाको केन्द्रिय संसदमा आदिबासीबाट प्रतिनिधत्व गर्ने पहिलो फेडरल संसद एबं अष्ट्रेलियाको संघीय सरकारकी आदिवासी मन्त्री लिन्डा ब्रुनोको प्रमुख आतिथ्यतामा हुन लागेको आदिबासी जनजाति मंच अष्ट्रेलियाका अध्यक्ष अरुण कुमार तामाङले जनाकारी गराएका छन् ।
निशुल्क: प्रवेश रहेको यस कार्यक्रममा कार्यक्रममा गायिका मनु नेम्वाङ र फुलकुमार बम्जनले आफ्नो साँगेतिक प्रस्तुती दिनेछन् भने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिद्दै  कार्यक्रममा उपस्थिति भाई कार्यक्रम प्रति एक्यबद्दता जनाइ दिनु हुन सबै दाजु/भाई, दिदि/बहिनिहरु लाई आयोजक तर्फबाट हार्दिक अनुरोध गरेका छन् । कार्यक्रम ६ आगष्टका दिन साँझ ५ बजेदेखि सिड्नीको म्यारिकभिल स्थित टाउन हलमा हुदैछ।