‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ को घोषणा, विश्वभरीका नेपाली युवाले भाग लिन सक्ने
भक्तपुर– ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले शनिवार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त प्रतियोगिताका लागि पुरुष मोडलहरुलाई सहभागिताका लागि आह्वान गरेको हो । यो प्रतियोगितामा सहभागिता जनाउनका लागि मिस्टर मोडल अफ द वर्ल्डको आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ । यो प्रतियोगिताा विजेताले थाइल्याण्डको बैंककमा यही नोभेम्बर महिनामा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् ।
यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड-२०१८’ को उपाधि जित्न सफल भएका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । विगतमा अन्य प्रतियोगितामा छनौट भएका मोडलहरु पनि मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुने गरेकोमा अबदेखि मिस्टर मोडल अफ द वर्ल्ड नेपालका विजेतामात्र नेपालको तर्फबाट मिस्टर मोडल अफ द वर्ल्डमा सहभागि हुन पाउनेछन् ।
मिस्टर मोडल अफ द वर्ल्ड नेपालको अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ भने त्यसका लागि शनिवारदेखि नै आवेदन खुला गरिएको छ । प्रतियोगिताबाट छनौट भएका विजेताले आगामी नोभेम्बर ३ देखि ७ मा थाइल्याण्डको बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा भाग लिनेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् ।
हेरिटेज प्यालेस, भक्तपुरमा आयोजना गरिने प्रतियोगिताका लागि आवेदन दिन इमेल ठेगाना pageantnepalinternational@gmail.com वा मिस्टर मोडल अफ द वर्ल्ड नेपालको फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ । त्यसपछि आयोजकले पठाएको आवेदन फर्म भरेर प्रतियोगितामा सहभागी हुन सकिनेछ । मिस्टर मोडल अफ द वर्ल्डकै योग्यताको मापदण्ड अनुसार मिस्टर मोडल अफ द वर्ल्ड नेपालका लागि पनि योग्यताको मापदण्ड तोकिएको आयोजक संस्थाले जानकारी दिएको छ । १८ देखि ३२ वर्ष उमेर समुहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन । विजेतालाई बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्ड प्रतियोगितामा सहभागी हुनका लागि सबै खर्च मिस्टर मोडल अफ द वर्ल्ड नेपालका आयोजकले नै व्यहोर्ने शनिवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
मिस कस्मोपोलिटल वर्ल्ड-२०१९ प्रिया रानी लामाद्वारा सञ्चालित शनिवारको घोषणा कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि तथा एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर बीना श्रेष्ठ तथा मिस्टर मोडल अफ द वर्ल्डको आयोजक संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो । एन प्लस प्रोफेसनलले मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२ को टाइटल प्रायोजन गरेको छ । मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहेका छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् । म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् । मार्केटिङ प्रमुख जोर्डन रहेका छन् । यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...