क्लिनरदेखि डोमिनोको मालिकसम्म : धर्मराज अधिकारी

-- विष्णु प्रसाद सापकाेटा / प्रकाशित मिति : मङ्लबार, कार्तिक १७, २०७२

dharma raj adhikariपछिल्लो समय अष्ट्रेलियाको ब्यापार व्याबसाय क्षेत्रमा नेपालीहरूको उपस्थिती बाक्लिदै गएको छ । एजुकेसन कन्सल्टेन्सि, माइग्रेसन एजेन्ट, मोर्टगेज ब्रोकरदेखि रेष्टुरा, ग्रोसरी सप, बुटिक आदि व्यबसायहरूमा धेरैले हात हालिरहेका छन् । सुरुमा विद्यार्थीको रुपमा यहां आएर संघर्ष गरेकाहरू अहिले आफ्नै व्यबसायमा रमाइरहेका छन् । केहि अपबाद बाहेक समग्रमा भन्नुपर्दा यि व्यवसायहरू नेपालीलाई फापेको पनि छ । यसैगरि अष्ट्रेलियाको व्यवसाय फापेको र छोटो समयमा एउटा छुट्टै उचाई र परिचय बनाई सकेको नाम हो धर्मराज अधिकारी ।

डोमिनोज पिज्जा सपबाट फ्रेन्चाइज लिएर उनले आफ्नो व्यवसाय ब्यापक रुपमा बिस्तार गरिरहेका छन् । सुरुमा एउटा डोमिनोज पिज्जा सपको फ्रन्चाइज लिएर एउटा छुट्टै खालको व्यवसायमा हात हालेका धर्मराज अधिकारी अहिले ८ ओटाको मालिक हुन् । अधिकारीको दैनिकी आहिले ब्यापार व्याबसाय बिस्तार, व्यबस्थापन अनि भावी योजनामा मै बित्छ । ब्यस्त दैनिकिका बाबजुद पनि उनि परिवार र साथि भाईलाई समय दिन भ्याउंछन र त उनको अनुहार यहाँको नेपाली समुदायमा परिचित अनुहार बनेको छ ।

२०२६ सालामा नुवाकोट जिल्लाको पारुकोट गाबिसमा बाबु होमनाथ अधिकारी र आमा मेनुकादेबी अधिकारिको कोखबाट ४ भाइ र ३ दिदीबहिनी सहित कान्छो छोराको रुपमा अधिकारीको जन्म भएको थियो । उनका बाबु मध्यम वर्गीय कृषक थिए । आफ्नो बाबुले आफुहरूलाई यहाँसम्म ल्याउन गरेको मिहिनेत र योगदान अतुलनीय रहेको उनको बुझाइ छ । त्रिशुली हाइ स्कुल नुवाकोटबाट एसएलसी दिएका अधिकारीले आफ्नो बाल्यकाल सुखद रहेको अनुभब हामीसँग साटे । स्कुले जीबन सकेर उनी काठमाडांै झरे देउराली मल्टिपल क्याम्पसबाट आइकम उतिर्ण गरेका उनी वकिल बन्ने सपनासहित नेपाल ल क्याम्पसमा भर्ना भए । सानैदेखि बिद्रोही स्वभाबका अधिकारी जिन्दगीमा जहिले जे परे पनि गर्छु तर पछी पर्दिन भन्ने मान्यता लिएर हिड्थे संधै । पढाइमा मध्यम नतिजा ल्याउने अधिकारीले क्याम्पस पढ्दाताका नै आफुलाई ब्यापारीको उपमा दिइसकेका थिए । उनी भारत गएर समानहरू होलसेल मुल्यमा ल्याएर काठमाडौंमा बेच्ने गर्थे । यसका अलावा उनी राजनीतिमा पनि सकृय व्यक्ति हुन । भोलि नेता बनेर देशको सेवा गर्ने हेतुले उनी विद्यार्थी राजनीतिमा पनि होमिएका थिए । उनले २०४६ सालको आन्दोलनमा सकृय भूमिका निभाएका थिए । त्यसैगरि नेपाल रहदासम्म हुने जुन सुकै विद्यार्थी आन्दोलनमा उनि अग्र पंक्तिमै हुन्थे र आफ्नो तर्फबाट हर राजनितिक परिवर्तन आफुले निस्वार्थ योगदान दिएको भनि रहदा उनलाई गर्व कै महशुस हुने गर्दछ । राजनीति गर्ने वकिल बनेर न्याय क्षेत्रमा ठूलो योगदान गर्छु भन्ने कल्पनामा ल पढ्न थालेका उनी देशको राजनीतिक परिबेसबाट आजित थिए । आफु हक्की स्वभाबको भए पनि नेपालको राजनीतिको अगाडि जस्तो सुकै स्वाभिमानी मान्छे पनि झुक्न बाध्य हुन्छ भन्ने उनको बुझाइ छ । राजनीति कै कारण उनको वकिल बन्ने सपना तुहियो ।

अष्ट्रेलियाको यात्रा
सुन्दर भविष्यको कल्पना गर्दै सन १९९६ मा अष्ट्रेलिया हानिएका अधिकारीले अवसरको भुमिमा अन्य नेपाली सरह धेरै उतारचढाबको सामना गरे । उनी आउने बेला नेपालीहरू एकदम थोरै थिए, कोही इन्डियन देख्यो कि आफ्नै जस्तो लागेर बोल्न जाने स्थिती थियो उनी आफ्ना सुरुवाती दिन सम्झन्छन । अहिले नेपाली समुदाय ब्यापक रुपमा बिस्तार भएको देख्दा खुसी लागेको उनी बताउँछन । त्यती बेला विद्यार्थीलाई धेरै गाह्रो थियो । काम नपाइने, कलेज समय नमिल्नेलगायतका हैरानी खेप्नु परेको उनी सम्झिन्छन । धेरै पढ्छु अनि केहि पैसा कमाएर नेपाल नै फर्किन्छु देशको सेवा गर्छु भन्ने अधिकारीको सुरुवाती मन अझै पनि परिवर्तन भएको छैन । उनि अगाडि थप्छन संघर्षका पहाडहरू छिचोल्दै अहिले मैले सन्तोषजनक प्रगति गरेको छु तर पनि अहिले सम्म यहाँको नागरिकता लिएको छैन । मन त मेरो नेपाली नै हो तन यहाँ त, देशलाई साह्रै माया गर्छन अधिकारी । त्यसैले त देशमा घटेका साना साना नराम्रा घटनाले उनलाई खिन्न बनाउँछ ।

जिन्दगीमा सघर्ष के हो यहां आएर सिके उनले । किचन ह्यान्डदेखि लिएर क्लिनि∙ सबै काम गरेको अनुभब छ उनीसंग । काम गर्दै जादा जहाँ आफुले क्लिनिङ गर्थे त्यही बिजिनेशको सब कन्ट्र्याक्ट लिएर पछी आफै किने र सुरु भयो उनको ब्याबसाय अजिको यो देशमा । समय बित्दै जादा उनले सेक्युरिटि बिजनेसमा हात हाले र केहि हदसम्म सफल पनि भए । चञ्चले स्वभाबका कारण उनले धेरै ठाउंमा हात हालेर अनुभब संगालेका छन । अरु भन्दा केहि फरक गर्छु भन्ने मान्यता राख्दै उनले नेपालीले कमै गर्ने र सोच्ने ट्याक्सि व्यवसाय पनि सुर गरेका थिए । त्यतिबेलाको समयमा पनि उनले निक्कै ठुलो आँट गरेर नै ३ वटा ट्याक्सि किनेका थिए । नेपालीलाई नै काममा राखेका थिए । पेशा सानो ठुलो त होइन तै पनि नाम नखुलाउने शर्तमा ठट्टा गर्दै उनले भने अहिलेका नेपाली समुदायका ठुला केहि नेताहरू कुनै बेला उनकै ट्याक्सि चलाउंथे ।
अरुले भन्दा फरक गर्ने आफ्नो स्वभाबको कारण उनले डोमिनोज पिज्जा व्यवसायमा हात हालेका थिए । १/२ गर्दै अहिले ८ वटा सपको मालिक छन् उनी र छिटै २ वटा थपिदै छन् उनको स्वामित्वमा । अहिले उनको अन्डरमा करिब ४५० जना काम गर्छन जसमध्ये २५-३० जनाजति नेपाली छन् । धेरै नेपालीलाई काम दिने मन भएपनि उनको व्यवसाय भएको ठाउंमा कम नेपाली भएकोले यो सम्भब नभएको बताउंछन । उनको आगामी योजना भनेको डोमिनोजका मुख्य स्टोरको स्वामित्व लिने हो । सम्भब भएसम्म यसको फ्रेन्चाइज नेपालसम्म पुर्याउने उनको भावी योजना छ । २ वर्षमा कसरी २ मिलियन डलर कमाउने भनेर “थिड्ढ ट्याङक” ले गरेको एउटा सर्भेबाट उनी सिड्निको टप ३ र अष्ट्रेलियाको टप २० मा पर्न सफल भएका छन । अष्ट्रेलिया अहिले धेरै नेपालीहरूको सपनाको देश हो । यहाँ जे पनि गर्न सकिन्छ मिहिनेत र धैर्यता राख्यो भने । त्यसैले आत्तिएर र मात्तिएर केहि नगर्न सुझाब दिन्छन उनी नयाँ पुस्तालाई ।

परिवार र समाज
नेपालमा आन्दोलनको दौरान भेटिएकी बिना पौडेल संग २०५१ सालमा उनले लगन गाठो कसे । उनी अहिले २ छोरा (जेठो बिधान राज शर्मा १४ र कान्छो बिज्ञान राज शर्मा १०) र श्रीमतीका साथ वोलङगनमा बस्दै आइरहेका छन् । यती धेरै व्यस्त दैनिकीका बाबजुद पनि उनी घरपरिवार र सामाजिक कामको लागि समय निकाल्छन । सिड्नीमा हुने प्राय: सबै ठूला कार्यक्रमा ६३ किलोमिटर टाढाबाट आएर पनि सरिक हुन्छन उनी । व्यक्तिगत नाफाका लागि नभएर सामाजिक हितका लागि आयोजना गरिएको कार्यक्रमा उनी आर्थिक सहयोग समेत गर्छन । अहिले आफुलाई उनि शुद्ध ब्यापारि भन्न रुचाउँछन त्यसैले उनको कुनै राजनितिक र सामाजिक संस्थामा आबद्धता छैन । तर देश छोडेर बिदेशमा बसेको हुनाले एनआरएन अभियानको एउटा सक्रिय व्यक्ति हुन उनी । एनआरएनए सबैको साझा संस्था भएकोले यसमा कुनै पनि हालतमा राजनीति छिर्नु हुन्न भन्ने उनको प्रष्ट मान्यता छ । उनले आफ्नो सामाजिक उत्तरदायित्व राम्रैसंग निभाएका छन । बिभिन्न सामाजिक कामदेखि लिएर भुकम्पले प्रभाबित बनाएकाहरूको उनले हालै मन फुकाएर सहयोग गरेका छन् र हालै नेपालको पुनस्थापनाको लागि करिब २० लाख बराबरको सहयोग गरेका छन् । अष्ट्रेलियामा जन्मे पनि आफ्नो छोराहरूलाई उनले नेपाली संस्कार र संस्कृति राम्रोसंग सिकाएका छन् । संसारको जुनसुकै कुनामा गएपनि नेपालीपन भुल्न नसकिने उनको अनुभब छ ।