आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मन्दिरमा भव्य मेला
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने (आमाको मुख हेर्ने) दिन प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन पर्दछ । मातातीर्थ औँशीका दिन आज आमालाई मनपर्ने चिज दिएर खुशी राख्ने चलन छ । छोराछोरीले विषेशगरी आज आमालाई मनपर्ने मीठा मीठा खानेकुरा र वस्त्रलगायतका सामग्री दिएर आमालगायत गुरु आमा, सासूआमा र काकीहरूलाई भेटगरी आशीर्वाद ग्रहण गर्छन् ।
यस्तै, आमा नहुनेहरुले भने दिवंगत आमाको सम्झनामा, पिण्ड दान, तर्पण र श्राद्ध गरी सम्झना गर्ने गर्दछन् । औँशीका दिन मातृ श्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले आत्माले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सुरुवात मंगलबारबाटै भइसकेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए । उनले मेलामा आउने तिर्थालुलाई सहज होस भनेर समितिले सबै व्यवस्था मिलाएको समेत उल्लेख गरे ।
काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने भक्तजनको आज भीड लाग्ने गर्दछ । देशका विभिन्न स्थानबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवंगत आमाको मुख हेरेको विधि गर्छन् ।
तीर्थमा आई आमाको नाममा संकल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भएर दिवंगत आमा खुसी हुने पौराणिक मान्यता रहिआएको छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी मातातीर्थको कुण्डमा खसेको र ग्वालाले रोटीलाई हेर्दा दिवंगत आमाको मुख देखेर रोएको तथा त्यो दिन संयोगले वैशाख कृष्ण औँसीको दिन परेको जनविश्वास रहिआएको छ । सो कुण्डमा देखिएकी आमाले ग्वालालाई नरुन आग्रह गर्दै प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मातातीर्थमा आएर स्नान गर्न भनेको किंवदन्ती छ । सोही घटनालाई आधार मानेर परापूर्वकालबाटै औंसीका दिन मातातीर्थमा मेला लाग्ने गरेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...