चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद, सिंहदरबारस्थित कार्यालयमा पुर्व प्रधानमन्त्री तथा पुर्व परराष्ट्र मन्त्रीहरूसँगको सामुहिक छलफलको क्रममा सो प्रतिबद्दता गरेका हुन ।

सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेको उक्त बैठकमा उनले यस्तो धारणा राखेका नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बताए । ‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो,’ पूर्व प्रधानमन्त्री खनालले भने । खनालका अनुसार यसपटक चीनसँग ऋण सम्झौता नगरेपनि भावी दिनमा पनि कहिल्यै ऋण नै लिनु हुँदैन भन्ने नीति बनाउन लागेको हुन सक्ने भन्दै असहमति जनाएर फर्केको जानकारी दिए ।