भेट्रान भलिबल प्रतियोगिता हुदै

अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने उदेश्यले धादिङ्ग अष्ट्रेलिया समाज र नर्थवेस्ट नेप्लिज कम्युनिटी सिड्नीले संयुक्त रुपमा “पहिलो भेट्रान भलिबल प्रतियोगिता”को आयोजना गर्दैछ । आउँदो १५ डिसेम्बरका दिन बिहान आठ बजे देखि साँझ ५ बजे सम्म हुने यस प्रतियोगितामा सहभागी हुनका लागि आयोजकले सिड्नी र वरपर रहनु भएका भलिबल प्रमि खेलाडीहरु लाई संस्थागत वा समुहगत रुपमा सहभागिताको लागि अनुरोध गरेको छ । नर्थवेस्ट नेप्लिज कम्युनिटी सिड्नीका अध्यक्ष विजय रेग्मीका अनुसार मित्रबत तिरकाले हुने यस प्रतियोगिता, प्रतियोगिता भन्दा पनि खेल प्रेमीहरु लाई एकै ठाउँमा ल्याएर स्वस्थ जीबन र भाईचारा सम्बन्ध स्थापित गर्न महत्व पूर्ण हुनेछ । यसै गरि धादिङ्ग अष्ट्रेलिया समाजका अध्यक्ष अर्जुन केसीका अनुसार नेपालको राष्ट्रिय खेल भलिबल खेल्न र हेर्न मन पराउने सिड्नी वरपर धेरै खेल प्रेमीहरु हुनुहुन्छ उँहाहरु सबै संग उल्लासमय बाताबरणमा एक दिन भए पनि बिताउन सकियोस भनेर यो खेलको आयोजना गरिएको हो । यस प्रतियोगितालाई MARKQ HOMES ले टाइटल स्पोन्सरको रुपमा, SOLAR WORLD ले प्ल्यटिनियम एबम QUEENSFORD COLLEGE ले गोल्ड स्पोस्सरको रुपमा त्यसै गरि अन्य ब्यापारिक संघ संस्थाले स्पोन्सरको रुपमा सहयोग गरेका छन्।
प्रतियोगिता Stanhope Leisure Centre (Stanhope Pkwy &, Sentry Dr, Stanhope Gardens NSW 2768) मा १५ डिसेम्बरका दिन बिहान आठ बजे देखि साँझ ५ बजे सम्म हुदैछ।
थप जानकारी एबम सहभागिताका लागि अर्जुन केसी-0423304883, बाबु बगाले-0426786543, विजय रेग्मी-0413822064 र किरण अधिकारी-0421673915 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...