२७ करोडको स्रोत नखुलेपछि रबि लामिछानेविरुद्ध सम्पति शुद्धिकरणको मुद्दा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको छ । हाल कास्की प्रहरी हिरासतमा रहेका लामिछानेको २७ करोड रुपैयाँ स्रोत नखुले पछि सम्पति शुद्धिकरणको मुद्धा दर्ता गरिएको छ ।

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत लामिछानेविरूद्ध जसका कारण सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको बताइएको छ । लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको मुद्धा दायर गरिएको हो ।